जवर्जस्ती सर्वसम्मत नेतृत्व चयनको प्रयास अझै जारी, नेताको स्वार्थले प्रतिनिधीलाई हैरानी !


सिरहा । नेकपा एमाले सिरहाको ११ औं अधिवेशन स्वार्थको लडाईमा परिणत भएको छ । तीन दिन हुने भनिएको अधिवेशन आज पाँचौ दिन जारी छ । तर जिल्लामा वर्चश्व कायम राख्ने स्वार्थका लागि सर्वसम्मतको रट नछाडेसम्म नेतृत्व चयन हुने अबस्था देखिदैन् । अधिकतर अधिवेशन प्रतिनिधी पार्टी भित्रको आन्तरिक लोकतन्त्र बचाउन निर्वाचन गराउनुपर्ने पक्षमा उभेका छन् ।

एमाले स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश ईन्चार्ज लीलानाथ श्रेष्ठ निर्वाचनमा गएमा जिल्लामा वर्चश्व गुम्ने खतरा महसुस गरिसकेका छन् । यदि चुनाव भयो भने रघुवीर महासेठ पक्ष सिरहामा हावी हुने निश्चित छ। त्यसैले नेता श्रेष्ठ कुनै पनि हालतमा सर्वसम्मत नेतृत्व चाहेको एक प्रतिनिधीले बताए ।

सर्वसम्मत नेतृत्व चयनमा सहमती नजुट्दा शुक्रवार सांझ बैठक स्थगित गरिएको थियो । त्यसपछि रातभर नेता श्रेष्ठले अनेक दाउपेच लगाए । यद्पी सहमती नजुटेको स्रोतले जनाएको छ । सम्भवत आज निर्वाचन प्रक्रिया सुरु हुने अबस्था छ ।

एमाले जिल्ला अध्यक्षका लागि फुलेश्वर नायक, अशोक यादव, रामविलास साह र राजकुमार साह आकांक्षी छन् । नेता श्रेष्ठ रामविलास साहलाई अध्यक्ष र आफ्नै सहोदर भाई श्याम श्रेष्ठलाई उपाध्यक्ष बनाउने दाउमा रहेपनि सफल नहुने देखिएको छ ।

नेता श्रेष्ठले निर्वाचन अधिकृत र अध्यक्ष मण्डललाई समेत प्रभावमा पारेर जवर्जस्ती सर्वसम्मत गराउन खोजेर हामी प्रतिनिधीहरुलाई हैरान पारेको एक नेताले बताए । उनले आक्रोश पोखे, ‘हामी जान्छौं/आउछौं । प्रतिनिधी छु । तर कसैले केहि सल्लाह गर्दैनन् । जवर्जस्ती सर्वसम्मत नै गर्ने थियो भने किन प्रतिनिधी चुनेको ? सिधै गोजीबाट अधिवेशन उद्घाटनकै दिन नेतृत्व घोषणा गरेको भ एपनि हुन्थ्यो नी !’

प्रकाशित : २०८१ चैत्र ३०, शनिबार ०९:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ