सलहेश मेलामा श्रद्धालुलाई पासवान समाजको निःशुल्क खाना, बास र उपचारको व्यवस्था


सिरहा । सिरहा सदरमुकामस्थित सलहेश मन्दिरमा हरेक वर्ष वैशाख २ गते लाग्ने मेलाको अवसरमा पासवान समाजले निःशुल्क खाना, बास र प्राथमिक उपचारको व्यवस्था गरेको छ ।

पासवान समाजले पूर्वमन्त्री महेन्द्र पासवानको प्रमुख आतिथ्यतामा एक समारोहको आयोजना गरेर निःशुल्क खाना, बास र प्राथमिक उपचार सेवाको प्रारम्भ गरेको हो । मेला भर्न टाढा–टाढाबाट श्रद्धालु आउने गरेका छन् । उनीहरुकै लागि खाना, बास र प्राथमिक उपचार सेवा वैशाख १ गते रातिदेखि नै निःशुल्क प्रदान गरिरहेको उद्योग बाणिज्य संघका सदस्य सोनु महराले जानकारी दिए ।

राजा सलहेशको सम्झनामा हरेक वर्ष वैशाख १ गते लहानस्थित सलहेश फुलवारी र वैशाख २ गते सिरहा सदरमुकामस्थित सलहेश मन्दिरमा मेला लाग्छ । यस्तै गोलबजारको धमिनीमाई मन्दिरमा समेत मेला लाग्छ । वैशाख २ मै लक्ष्मीपुर पतारीमा समेत विशाल मेला आयोजन हुन्छ ।

प्रकाशित : २०८२ बैशाख २, मंगलवार १३:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ