मधेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराजलाई पक्राउ गर्ने प्रहरीको तयारी


काठमाडौं । मधेस प्रदेशका पूर्वप्रमुख डा. राजेश अहिराजविरुद्ध पक्राउ पुर्जी जारी भएलगत्तै प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ ।

जबरजस्ती करणी मुद्दामा पूर्व प्रदेश प्रमुख अहिराजविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंले अहिराजलाई पक्राउ गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

एक १७ वर्षीया नाबालिगलाई अहिराजले शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप छ ।

जाहेरवाली २६ परिसर ३२ ०८१-०८२ (परिवर्तित नाम)ले जिल्ला प्रहरी परिसर, काठमाडौंको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवाकेन्द्रमा उजुरी दिएकी थिइन् ।

प्रकाशित : २०८२ बैशाख ३, बुधबार १८:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ