वीरगञ्ज झडप– पक्राउ परेका चार जनामाथि ६ दिनको म्याद थप


पर्सा । वीरगञ्जमा मंगलबार पक्राउ परेका चार जनामाथि अनुसन्धान गर्न म्याद थप भएको छ ।

वीरगञ्जमा निकालियो शोभा यात्रामा धार्मिक सद्भाव विथोलेको आरोपमा प्रहरीले शेख खुर्सेद, सलाउदिन मिया ठकुराइ, रवि सरार्फ र बल्जित सिंहलाई मंगलबार पक्राउ गरेको हो । उनीहरुमाथि जिल्ला अदालत पर्साले बुधबार अनुसन्धान गर्न प्रहरीलाई ६ दिनको म्याद दिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार दुई जनाविरुद्ध राज्य विरुद्धको कसुर र दुई जनाविरुद्ध आपराधिक उपद्रव कसुरमा अनुसन्धानका लागि अदालतबाट म्याद थप भएको हो । प्रहरीले सात दिनको म्याद थप मागेको थियो ।

यसैबीच हिन्दुवादी संगठनले पक्राउ परेका आफ्ना दुई जनालाई छुटाउन प्रदर्शन गरेका छन् ।

सीसीटिभी फुटेज, ड्रोन र सामाजिक सञ्जालको भिडियो विश्लेषणको आधारमा उनीहरू पक्राउ परेके प्रहरीको दावी छ ।

प्रकाशित : २०८२ बैशाख ३, बुधबार १८:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ