जनमत पार्टी संकटमा– सुरेन्द्र पक्राउ, सीके राउतले साँसद बनाउन ५० लाख मागेको पोल खूल्यो !


काठमाडौं । जनमत पार्टीका निलम्बित उपाध्यक्ष तथा अनुशासन आयोगका प्रमुख दीपककुमार साहले पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई ठगी प्रकरणमा पक्राउ गर्नुमा अध्यक्ष सीके राउतको हात रहेको भन्दै १० बुँदे खुलासा गरेका छन् ।

साहले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मधेश आश्रम नामको घर निर्माण सीके राउतकै योजनामा भएको र त्यस क्रममा करोडौं रकम उठाइएको भन्दै अहिले सोही प्रकरणमा यादवलाई पक्राउ गराइएको बताएका छन् ।

उनलाई समानुपातिकको सूचीमा राख्न ५० लाख मागिएको र सीके राउतको इमाडोलको घर बनाउन पनि मधेश लोट चले भन्ने नारासहित भ्रष्टाचार गरिएको आरोप विज्ञप्तिमा छ ।

सबै आर्थिक अनियमिततामा अध्यक्ष सीके राउतको संलग्नता रहेको भन्दै योजनाबद्ध षडयन्त्रको हिस्साअनुरूप सुरेन्द्र यादवलाई आर्थिक लेनदेनमा पक्राउ गरेर राउतको भ्रष्टाचार लुकाउन खोजिएको उनले बताएका छन् ।

प्रकाशित : २०८२ बैशाख ८, सोमबार १६:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ