रेडक्रसका पूर्वअध्यक्षले आफ्नै छातीमा गोली हानेपछि…


दाङ । रेडक्रस दाङका पूर्वअध्यक्ष नारायण प्रसाद आचार्यले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् ।

तुलसीपुर ७ मोतिपुरस्थित अन्दाजी ८० वर्षीय आचार्यले आज दिउँसो आफ्नै घरमा रहेको १२ बोर बन्दुकले छातीमा गोली हानेर आत्म हत्या गरेको प्रहरीले जनाएको छ ।

आचार्य लामो समय रेडक्रस दाङको अध्यक्ष भएका थिए । आर्थिक रूपमा सम्पन्न आचार्यका छोरा प्रकाश नेपालकै टप जग्गा व्यवसायीमा दर्जित छन् ।

घटना बारे थप अनुसन्धान भइरहेको ईप्रका तुलसीपुरले जनाएको छ ।

प्रकाशित : २०८२ बैशाख ८, सोमबार १७:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ