अबको २०-२५ वर्षपछि बुढो हुन्छु, कसैले हतार गरेर हुँदैन : प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो उमेर र स्वास्थ्यका बारेमा कसैले चिन्ता लिनु नपर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७६ औं स्थापना दिवसका अवसरमा मंगलबार भएको कार्यक्रममा बोल्दै उनले आफू अहिले बुढो नभएको र अस्वस्थ्य नरहेको बताए ।

‘कतिपयलाई मेरो उमेर र मेरो स्वास्थ्यको चिन्ता छ । अहिले म बिरामी छैन, अबको २०–२५ वर्षपछि बुढो हुन्छु । कसैले हतार गरेर हुँदैन, मलाई मेरो उमेर र स्वास्थ्यका कुरा गर्नु पर्दैन। केपी ओलीबिनाको एमाले कसैले कल्पना गरेको छ भने त्यो पूरा हुँदैन,’ एमाले अध्यक्षसमेत रहेका ओलीले भने ।

उनले २०८४ मा एमाले झन् बलियो हुने बताए । ओलीले एमाले अस्तित्वको निम्तिको लडाइँमा नभई विजयको यात्रामा रहेको जनाउँदै मिसन २०८४ बाट निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरण भएर आउने बताएका हुन् ।

प्रकाशित : २०८२ बैशाख ९, मंगलवार १७:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ