शिक्षकहरूलाई आन्दोलन नछोड्न प्रचण्डको अपिल


काठमाडौं । नेकपा माओवादी केन्द्रेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक(पटक धोका भएको भन्दै आन्दोलन नछोड्न अपिल गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको ७७औं स्थापना दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले शिक्षकहरूका माग सम्बोधनमा सरकार गम्भीर नभएकाले आन्दोलन नछोड्न भनेका हुन् ।

धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन उनको आग्रह छ । ‘‍तपाईंहरूले पटक-पटक आन्दोलन गर्नुभएको छ, पटक-पटक सम्झौता भएको छ र पटक-पटक धोका भएको छ । यो पटक त्यो स्थिति हुन नदिने जिम्मेवारी हामी सबैको छ,’ प्रचण्डले भने ।

शिक्षामन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिनु शिक्षकका माग सम्बोधनका लागि सरकार गैरजिम्मेवार रहेको हर्को प्रमाण रहेको उनले बताए ।

‘अझ हिजो अर्को एउटा घटना घट्यो । एमालेकै शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिनुभयो । यसबाट पनि सरकार कति धेरै गैरजिम्मेवार छ भन्ने कुराको नयाँ प्रमाण प्रस्तुत भएको छ,’ प्रचण्डले भने ।

शिक्षकहरूले गरेको माग नयाँ नभएको भन्दै सम्झौता अनुसार अघि बढ्न प्रधानमन्त्री केपी शर्मा ओली नकारात्मक भएको जिकिर गरे ।

प्रकाशित : २०८२ बैशाख ९, मंगलवार १७:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ