जसपा नेपाल सिरहा अध्यक्षका लागि तीन जनाले दर्ता गराए उम्मेदवारी


लहान । जसपा नेपाल सिरहाको अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ ।

जसपा नेपालको सिरहा जिल्ला अधिवेशन गोलबजारमा जारी छ। निर्वाचन प्रक्रिया अनुसार तीन जना अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

यूवा नेता दिपेश यादवका अनुसार रामदयाल यादव, अशोक यादव र रामचलितर महतो अध्यक्षका लागि उम्मेदवारी दिएका छन् ।

रामदयाल पार्टी स्थापनादेखि नै सक्रिय छन् । यसअघि अशोक जिल्ला अध्यक्ष थिए । उनी पुन: अध्यक्ष बन्न चाहेका छन् । रामचलितर लहानका उपमेयर हुन् ।

सौगारथ यादव पनि जिल्ला अध्यक्षका आकांक्षी थिए । तर उनले उम्मेदवारी नै दर्ता गराएनन् । स्रोतका अनुसार अध्यक्षमा उम्मेदवारी परेपनि सर्वसम्मतको प्रयास जारी छ ।

प्रकाशित : २०८२ बैशाख १०, बुधबार १३:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ