एमालेका समानुपातिक साँसद रघुजी पन्त शिक्षामन्त्री नियुक्त


काठमाडौं । रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा नेकपा एमालेका समानुपातिक सांसद पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन् ।

शीतलनिवास स्रोतका अनुसार नवनियुक्त मन्त्री पन्तको शपथ ग्रहण बिहीबार हुने तय भएको छ । यद्यपि, शपथको समय भने निर्धारण भइसकेको छैन ।

यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेकी विद्या भट्टराईले गत वैशाख ८ गते आफ्नो पदबाट राजीनामा दिएकी थिइन् ।

उनले प्रधानमन्त्रीबाट असहयोग भएको र काम गर्न असहज भएको जस्ता कारणहरू उल्लेख गरेकी थिइन् ।

तर, प्रधानमन्त्रीलाई बुझाएको राजीनामा पत्रमा भने उनले आफ्नो स्वास्थ्य अवस्थालाई कारण देखाएकी थिइन् ।

प्रकाशित : २०८२ बैशाख १०, बुधबार १८:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ