कमलामा ५० लाखमा सडक ढलान हुँदै, जनमतका नेता सहनीद्वारा शिलान्यास


जनकपुरधाम । धनुषाको कमला नगरपालिका २ तेलियाहा टोलस्थित ५० लाख रुपैयाँको सडक ढलान कार्य सुरु भएको छ ।

शुक्रबार जनमत पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य सन्तोष राज सहनी र उनकी श्रीमति सेलिना कुँवरले सँयुक्त रुपमा सडक ढलानको शिलान्यास गरेपछि कार्य सुरु भएको छ ।

शहरी विकास मन्त्रालयबाट तेलियाहाको लागि ५० लाख रुपैयाँको बजेट ल्याएर ढलान कार्य सुरु गरेको सहनीले बताए । उनका अनुसार १८ फिट चौडा र २३१ मिटर लम्बाईको आरसिसि ढलान कार्य सुरु भएको छ ।

तेलियाहाको ज्ञानी दासको घर देखि कलभर्टसम्म आरसिसि ढलान भईरहेको जनाए । स्थानीय व्यक्तिहरुलाई उपभोक्ता समिति बनाएर सो कार्य उपभोक्ता समिति मार्फत भईरहेको बताईएको छ ।

प्रकाशित : २०८२ बैशाख १३, शनिबार १५:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ