जनमत र नाउपाबीच एकता घोषणा हुँदै, पूर्व सीके र पश्चिम रञ्जिताको जिम्मा !


काठमाडौं । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र सीके राउत नेतृत्वको जनमत पार्टीबीच बुधबार एकता घोषणा हुँदै छ ।

सीके राउत अध्यक्ष र रञ्जिता श्रेष्ठ (चौधरी) सहअध्यक्ष हुने गरी पार्टी एकता हुन लागेको हो ।

नयाँ पार्टीमा नाउपाकी श्रेष्ठले चितवन पश्चिमको जिम्मेवारी सम्हाल्नेछिन् भने सीके राउतले चितवन पूर्वको जिम्मेवारी सम्हाल्नेछन् ।

कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा एक कार्यक्रम गरी पार्टी एकता घोषणा गर्न लागिएको बताए । यो पार्टी एकता भएसँगै संसदमा १० सिट रहेको नयाँ पार्टीको जन्म हुनेछ ।

हाल जनमतका ६ र नाउपाका ४ सांसद छन् । मधेश प्रदेशमा जनमतको नेतृत्वमा सरकार छ ।

प्रकाशित : २०८२ बैशाख १७, बुधबार ०८:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ