आममाफी पाएका रेशम चौधरी पक्राउ, पुन: जेल पठाइने तयारी


काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई अदालतको आदेशअनुसार प्रहरीले पक्राउ गरेको छ ।

चौधरीलाई यसअघि २० वर्षको जेल सजाय तोकिएको भए पनि राष्ट्रपतिबाट आममाफी पाएर उनी बीचमै जेलमुक्त भएका थिए ।

प्रहरी स्रोतका अनुसार चौधरीले न्यूनतम सजाय भुक्तान नगरेकाले उनलाई पक्राउ गर्न आदेशले आदेश दिएको छ ।

कारागारको रेकर्डमा उनले न्यूनतम सजाय भुक्तानी नगरेको पाइएपछि सो आदेश दिइएको हो । बाँकी सजाय भुक्तानी गर्न उनलाई कारागार पठाइन लागेको प्रहरी स्रोतले बतायो ।

सर्वोच्चले हाललाई कारागार राख्नु भनेपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा एसएसपी विश्वराज अधिकारी विश्वराज अधिकारीले जानकरी दिए ।

कति जेल सजाय भुक्तानी गर्न बाँकी छ भन्ने चाहिँ अदालतमा पेश गरेर अदालतले पेश गरेपछि थाहा हुने जनाइएको छ ।

टीकापुर घटनामा दोषी ठहरिएका चौधरीलाई दिइएको आममाफी विरुद्ध तत्कालै सर्वोच्चमा रिट परेको थियो ।

२०७२ भदौ ७ को टीकापुर घटनामा मारिएका इस्न्पेक्टर केशव बोहोराकी पत्नी शारदा कडायतले क्रूर, अमानवीय र गम्भीर मानव अधिकार उल्लंघनको घटनामा संलग्न चौधरीलाई राष्ट्रपतिले माफी मिनाहा दिनले कानुनी राज्यको धज्जी उडाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

प्रकाशित : २०८२ बैशाख १७, बुधबार १४:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ