प्रभु साहको टिप्पणी : नीति तथा कार्यक्रम क्यान्सर रोगीलाई टिबीको औषधि जस्तै


काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रभु साहले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम क्यान्सरको रोगीलाई टिबीको औषधि जस्तै भएको टिप्पणी गरेका छन् ।

शुक्रबार सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम माथि टिप्पणी गर्दै आम जनता पार्टीका अध्यक्ष समेत रहेका साहले नीति तथा कार्यक्रमको ८० प्रतिशत अघिल्लो वर्षको कपी पेस्ट भएको आरोप लगाए ।

पूर्वमन्त्री समेत रहेका साँसद साहले जनताले आगामी नीति तथा कार्यक्रमले देशलाई सङ्कटबाट निवारण गर्ने अपेक्षा गरे पनि त्यो हुन नसकेको बताए ।

‘देशलाई सङ्कटबाट निवारण गर्छ । जनतालाई उत्साहित बनाउँछ । फेरि एक चोटि धरमराइरहेको आशालाई जीवित गर्छ भनेको त यसलाई चिसो पानीमा खनाएको जस्तै भयो,’ उनले भने, ‘साँच्चिकै भन्ने हो भने नीति तथा कार्यक्रम क्यान्सरको रोगीलाई टिबीको औषधि जस्तै भयो ।’

साँसद साहले यो नीति तथा कार्यक्रमले नेपाली जनतालाई उत्साहित गर्न नसक्ने समेत जिकिर गरे ।

आर्थिक वर्ष २०८२/०८३ को यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

प्रकाशित : २०८२ बैशाख १९, शुक्रबार १८:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ