महोत्तरीका सिडिओ लालबाबु कवारी मन्त्रालय तानिए


जनकपुरधाम । महोत्तरीका प्रमुख जिल्ला अधिकारी(सिडिओ) लालबाबु कवारी गृह मन्त्रालय तानिएका छन् । मन्त्रालयले सहसचिव नारायण रिसाललाई महोत्तरीमा पठाएको छ ।

कवारी यसअघि सिराहामा कार्यरत रहँदा पनि विवादमा परेका थिए । उनलाई गृहले गत १४ कात्तिकमा महोत्तरी सरुवा गरेको थियो ।

सिडिओ सरुवासम्बन्धी कार्यविधिविपरीत उनलाई गृह जिल्लामा सरुवा गरिएको थियो । धेरै गुनासो आएपछि उनलाई हटाइएको गृह मन्त्रालय स्रोत बताउँछ ।

प्रकाशित : २०८२ बैशाख २१, आईतवार १९:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ