नेपाल प्रहरीमा पहिलो दलित डीआईजी बने डम्बरबहादुर


काठमाडौं । नेपाल प्रहरीको ७६ वर्षे इतिहासमा पहिलो पटक डम्बरबहादुर विक दलित समुदायबाट नायब प्रहरी महानिरीक्षक (डीआईजी) बन्न सफल भएका छन् । डीआईजी बनेसँगै उनले सुदूरपश्चिम प्रदेश प्रहरीको नेतृत्वको जिम्मेवारी पाएका छन् ।

डम्बरबहादुरअघि गोविन्दराम परियारले प्रहरी उपरीक्षक (एसपी)सम्म भएका थिए । एसएसपीको दावेदार हुँदाहुँदै परियारले २०७३ मंसिर ३० मा सेवा अवधि पूरा भई सेवा निवृत्त भए ।

डीआईजी डम्बरबहादुर २०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागको अधिकृतमा नियुक्त भई २०५७ सालमा नेपाल प्रहरीको इन्स्पेक्टर दर्जामा समाहित भएका थिए । डीआईजी बन्न सफल डम्बरबहादुरसँग त्यसभन्दा माथिल्लो पद एआईजी र आईजी हुनेसम्मको अवसर बाँकी छ ।

आइतबार डीआईजी नियुक्त विकले कैलालीको धनगढीमा रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय पुगेर यसै साता पदभार ग्रहण गर्नेछन् ।

प्रकाशित : २०८२ बैशाख २२, सोमबार १७:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ