सिरहामा भारी वर्षा, कमला नदीमा पानीको बहाब बढेपछि आवतजावत बन्द


सिरहा । सोमबार रातिदेखि परेको वर्षाले सिरहा र धनुषा जिल्लालाई जोड्ने हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा बाढी आएको छ ।

नदीमा पानीको सतह बढेपछि पुलमुनिको बाटो डुबानमा परेको छ । जसका कारण सवारीसाधन तथा पैदलयात्रुहरूको आवतजावत बन्द भएको छ ।

आवतजावतका लागि बनाइएको अस्थायी बाँसको पुल पनि बाढीले बगाएका छन् । यहाँ पक्की पुल निर्माण भइरहेको थियो । त्यो सञ्चालन नहुँदै भाँसिएको थियो । बाँसको पुल भएपनि मोटरसाइकल र पैदलयात्रीलाई सामान्य सहज भइरहेको थियो ।

पुल निर्माणका लागि आफूहरूले पटकपटक आवाज उठाए पनि सुनुवाइ नभएको सिरहा नगरपालिका ६ वडा अध्यक्ष ईन्द्रजित यादवले जानकारी दिए ।

प्रकाशित : २०८२ बैशाख २३, मंगलवार १४:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ