जनकपुरको सडकमा प्रदर्शन, हत्या आरोपीलाई पक्राउ गर्न माग


जनकपुरधाम । हत्या आरोपीलाई पक्राउ गर्न माग गर्दै लैंगिक तथा यौनिक अल्पसंख्यकले जनकपुरधाममा प्रदर्शन गरेका छन्। बिहीबार जनकपुरधामको रामानन्दचोकमा सडक जाम गरी उनीहरूले प्रदर्शन गरेका हुन् ।

गत चैत २ गते होलीको दिन जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीमा १७ वर्षीय आशु यादवको छुरा प्रहार गरी हत्या भएको थियो। सोही घटनामा केही आरोपीलाई पक्राउ नगरेको भन्दै लैंगिक तथाा यौनिक अल्पसंख्यकहरुले प्रदर्शन गरेका हुन् ।

जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत रामानन्द चोकमा उनीहरुले प्रदर्शन गर्दा ट्राफिक जाम भएको थियो। प्रदर्शनकारीलाई सम्झाइबुझाइ सडक खुलाएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ ।

प्रहरीले यस घटनामा दुई जनालाई पक्राउ गरिसकेको छ भने अन्य ५ जना आरोपी फरार रहेका छन् ।

प्रकाशित : २०८२ जेष्ठ १, बिहीबार १६:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ