मधेशका बालबालिकालाई गराइयो नमूना संसद अभ्यास, २४ बालबालिका बने साँसद !


जनकपुरधाम । संघीयताप्रति सकारात्मक सोचको विकास गर्ने उद्देश्यले मधेश प्रदेशका २४ जना बालबालिकालाई नमूना बाल संसद अभ्यास गराइएको छ ।

सेभ द चिल्ड्रेनको सहकार्य तथा आसमान नेपालको आयोजनामा नेतृत्वदायी भूमिकाको विकास गर्न मधेशका प्रत्येक जिल्लाबाट बाल क्लबमा आवद्ध तीनजनालाई संसद सम्बन्धी तीनदिने अभ्यास गराइएको हो ।

बालबालिकामा नेतृत्व विकास गर्नुका साथै संघीय प्रणाली कसरी सञ्चालन हुन्छ, संघीयताप्रति व्याप्त भ्रम हटाउनु, सकारात्मक सोच बढाउनु र राजनीति, सरकार तथा नेतृत्वप्रति सचेत गराउनु उद्देश्यले नमूना बाल संसद अभ्यास गराइएको कार्यक्रमका संयोजक अरविन्द यादवले जानकारी दिए ।

१५ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गर्दै महोत्तरीको बर्दिबासस्थित एक होटेलमा आयोजित तीनदिने अभ्यासमा प्रशिक्षक रक्की प्रसाद साहले संसद सञ्चालनसम्बन्धी प्रशिक्षण दिएका थिए ।

कार्यक्रमको समापन आइतबार नेकपा एमालेकी प्रदेश सांसद तथा बाल अधिकारका लागि संसदीय मञ्च मधेश प्रदेशकी अध्यक्ष शारदा देवी थापाले गरिन् ।

आसमान नेपालको कोषाध्यक्ष रेखा साहको अध्यक्षतामा भएको समापन समारोहमा सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको छ ।

प्रकाशित : २०८२ जेष्ठ ५, सोमबार ११:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ