जनमतको पार्टी कार्यालयमा मोर्चाको बैठक, उपेन्द्र यादव पनि सहभागी !


काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाको बैठक जारी छ । बैठक जनमत पार्टीको केन्द्रीय कार्यालय मध्यबानेश्वरमा बसिरहेको हो ।

बैठकमा समसामयिक राजनीति घटनाक्रम तथा मोर्चाको अगामी कार्यदिशा सम्बन्धमा छ्लफल भइरहेको बताइएको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र नेता राजकिशोर यादव पनि बैठकमा सहभागी छन् । मोर्चा गठन भएपछि जसपा नेपाल र जनमत पार्टीबीचको तिक्तता पनि घटेको नेताहरु बताउँछन् ।

यस्तै महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल, डा।सीके राउत नेतृत्वको जनमत पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, ह्रदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तमलोपा रहेका छन् ।

प्रकाशित : २०८२ जेष्ठ ७, बुधबार १६:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ