मधेशमा योजना खरिद विक्रीको छानविन गर्न विशेष समिति गठन


जनकपुरधाम । मधेश प्रदेशमा चालु आर्थिक वर्षको योजना खरिदविक्री भएको आरोप लागेपछि प्रतिपक्षी दलको दबाबमा सरकार छानविन गर्न तयार भएको छ ।

सत्तारुढ र प्रतिपक्षी दलको सहमती अनुसार आजको प्रदेशसभा बैठकमा सभामुख रामचन्द्र मण्डलले संसदीय छानविन विशेष समिति घोषणा गरेका हुन् । उनले विकास योजना तथा कार्यक्रम सम्बन्धमा संसदमा कुरा उठेकाले समिति बनाएको जानकारी दिए ।

उनका अनुसार समितिमा साँसदहरु केशव राय, कुमरकान्त झा, किरण कुमारी, शम्भु कुमार साह, रहबर अन्सारी, रमिता प्रधान, कनिष्क पटेल, उर्मिलादेवी सिंह, कञ्चन विच्छा र विमला अन्सारीलाई राखिएको छ ।

 

 

प्रकाशित : २०८२ जेष्ठ २२, बिहीबार १७:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ