आज निर्जला एकादशी- तुलसीको दल राख्ने दिन


जनकपुरधाम । जेष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी । तुलसीको दल (बिउ) राख्ने दिन । यो दिन छरिएको बिउ एक महिनापछि आषाढ शुक्ल एकादशीका दिन तुलसी मठमा सार्ने विधान छ ।

यद्यपि शुक्रबार नै पूरा ६० घडी एकादशी थियो । पञ्चांगहरूमा शनिबार ३३ पला अर्थात् बिहान ५ बजेर २३ मिनेटसम्म मात्र एकादशी उल्लेख छ । द्वादशीलाई स्पर्श गरेको एकादशी मानिने वैष्णव मान्यताअनुसार शनिबार तुलसीको दल राख्न लागिएको हो ।

मूल वैदिक परम्परामा तिथि टुट्ने परम्परा नरहेको वैदिक पात्रोका सम्पादक प्रमोदवर्धन कौण्डिन्न्यायन बताउँछन् । त्यसैले औँसीपछि गन्दै जाँदा ११ औँ दिनमा एकादशी पर्ने उनको भनाइ छ ।

वैष्णव परम्परामा यो दिन निर्जल (पानीसमेत नपिई) व्रत बस्ने परम्परा छ । दिनभर व्रत बसी भगवान् विष्णुको पूजाआराधना गर्ने र माहत्म्य वाचन श्रवण गरिन्छ ।

एकादशी भगवान् विष्णुसँग सम्बन्धित पर्व हो । एकादशीका दिन विशेषगरी भगवान् विष्णुको पूजा आराधना गर्ने र माहत्म्य पाठ गर्नेजस्ता कर्म गरिन्छ। एकादशी शुक्ल र कृष्ण पक्षमा गरी महिनामा दुई पटक पर्छ ।

प्रकाशित : २०८२ जेष्ठ २४, शनिबार ०७:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ