सप्तकोशीमा बेपत्ता भएका सुरक्षाकर्मीको खोजी जारी


धरान । विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशी नदीमा बेपत्ता भएका दुई जना शसस्त्र प्रहरीमध्ये एकको शव फेला परेको छ भने बेपत्ता एक जनाको खोजी जारी छ ।

बेपत्ता भएका दन्तकाली विशेष कार्यतालिम शिक्षालय सप्तरीमा कार्यरत हरेदेव राजवंशीको शव शुक्रबार सप्तकोशी नदीको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए । उनका अनुसार डोटीका सुरज साउद भने अझै बेपत्ता छन् ।

सशस्त्र प्रहरी बलका गोताखोर र तालिम प्राप्त विपद् व्यवस्थापनको टोली परिचालन गरी साउदको खोजी कार्य जारी रहेको उपरीक्षक तिमल्सिनाले जानकारी दिए ।

प्रकाशित : २०८२ जेष्ठ २४, शनिबार १९:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ