मधेशको नीति तथा कार्यक्रममा कमला पुलको योजना नआएकोमा जसपा नेपालले जनायो आपत्ति


जनकपुरधाम । मधेश प्रदेशको प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद रामआशिष यादवले नीति तथा कार्यक्रममा कमला नदीमा नयाँ पुल बनाउने योजना समावेश नगरेकोमा आपत्ति जनाएका छन् ।

नीति तथा कार्यक्रममा भइरहेको छलफलमा भाग लिँदै सांसद यादवले सरकारले सम्झौता गरेर पनि नीति तथा कार्यक्रम बनाउँदा बिर्सिएको बताए ।

‘मधेशको लाइफलाइन हुलाकी सडकअन्तर्गत कमला नदीमा नयाँ पुल बनाउन युवाहरु अनसन बसेका थिए’, उनले भने, ‘उनीहरुसँग सरकारले कमलामा नयाँ पुलका लागि संघीय सरकारले बजेट नदिए प्रदेश सरकारले बनाउने सम्झौता गरेको थियो, तर मधेशको नीति तथा कार्यक्रम आउँदा कमलामा नयाँ पुलको योजना किन आएन रु’

१३ वर्ष लगाएर बनेको कमला पुल तीन वर्ष अगाडि उद्घाटन नहुँदै भासिएको थियो । त्यो समयमा २४ करोडमा पुल बनेको भन्दै सांसद यादवले भने, ‘अहिले एकदेखि सवा अर्बमा कमला पुल बन्ने इन्जिनियरहरुको अनुमान छ । मधेश सरकारले के यो पुल बनाउन सक्दैन रु’

कमला नदीदेखि ८०० मिटर उत्तर बनाउने सहमति समेत भएको र सो ठाउँमा पुल बनाएपछि संघीय सरकारसँग अनुमतिसमेत लिनु नपर्ने उनले बताए ।

सांसद यादवले कमलामा पुल बन्यो भने मधेशको जीवनरेखा बन्ने बताए ।

प्रकाशित : २०८२ जेष्ठ २६, सोमबार १६:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ