असफल विदेश नीतिको परिणाम : कोरोनासँग जुध्न नेपालालाई विश्वबाट असहयोग


  • विजय कुमार गुप्ता

यो तथ्य कसैबाट लुकेको छैन कि हाम्रो देशको स्वास्थ्य पूर्वाधार धेरै कमजोर छ । यद्यपि पछिल्ला केही वर्षमा ठूलो मात्रामा देशको स्वास्थ्य पूर्वाधारलाई सुदृढ पार्न कोसिस गरिएको छ । महामारीको आंशिक पूर्वानुमान हुँदा र कोभिडको दोस्रो सस्करण अनुमान गर्न गाह्रो भएकोले कोरोना संकटको गम्भीरता बढेको छ, अंदाजी ३ करोड आबादी रहेको देशमा कोरोनाको दोस्रो संस्करणबाट देश थला परिसकेको छ ।

यसको बाबजुद पनि यसको सामना गर्न संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकारहरूको पूर्व तयारीहरू न्युण छन र यसको सामना गर्न निरन्तर प्रयासहरू पनि भइरहेका छन् । त्यहाँ धेरै कारकहरू छन् जुन हाम्रो देशमा कोरोनाको यो दोस्रो छाललाई नियन्त्रण गर्न सम्भव छैन । यो सत्य हो कि हाम्रो देशसँग प्रकोपको सामना गर्न सीमित संसाधनहरू छन् । यस्तो अवस्थामा बाह्य सहयोग आवश्यक छ । कुन हदसम्म र कति बाह्य मद्दत प्राप्त हुन्छ एक अर्कोको सम्बन्धको गहिराईमा निर्भर गर्दछ । कोरोनाको युद्धमा नेपाललाई यो महामारी बाट पार गर्न सहयोग पु¥याउन धेरै न्युण हातहरू उठाइएको छ, जसमा छिमेकी देश भारतका साथै अन्य धेरै केही देशहरू सामेल छन् ।

यति मात्र होइन, धेरै एनजीओ, आएनजीओले नेपाललाई लक्षीत गरी विभिन्न कार्यक्रम संचालित र्गछन तर कोभिडको समयमा यस्तो एनजीओ आएनजीओहरूको सहयोगमा न्युण देखिन्छन् । यद्यपि यो विश्वास गरिन्छ कि यो कोरोनासँगको युद्ध विश्वकोसाझा पहल हो तर यसलाई अस्वीकार गर्न मिल्दैन कि नेपाललाई हुने विदेशी सहायतामा नेपालको अन्तर्राष्ट्रिय नीति विफल भएको हो ।

गत वर्षहरूमा, नेपालले अन्य देशहरूसंग आफ्नो उपस्थिति र सहकार्य गरेको तरिका विदेश नितीलाई प्रभावमा पारेको छ । यी सबैका साथसाथै यो पनि महत्त्वपूर्ण छ कि नेपालले आफ्नो विदेश नीतिलाई बृद्धि गर्नसकेको छैन । विदेशका लागि नेपालका प्रधानमन्त्रीको भ्रमणले शुन्यप्राय छ, नत्र आलोचना छ न विशव राजनितीकमा कुनै अस्तित्व बनाउन सकेको छन, प्रधानमन्त्रीको अदूरदर्शिताको परिणामले आज विश्वको अगाडि नेपाल यथास्थितिमा छ ।

प्रधानमन्त्रीको विदेश भ्रमणको नतीजाले हामीलाई धेरै प्रभाव पार्छ यो आर्थिक वा रणनीतिक हो, यो संकटको समयमा कसैले यो तथ्यलाई स्वाभाविक रूपमा इन्कार गर्न सक्दैन कि नेपालको विदेश नीति र सम्बन्ध उकास्ने प्रयास नभएकोले कोरोना बिरूद्धको हाम्रो लडाईमा सकारात्मक नतिजा आउन सकेको छैन । नेपालमा आज कोरोनाको दोस्रो छालको कारणले आएको संकटमा स्वास्थ सामाग्रीहरू आभाव हुन थालेको छ ।

यो हाम्रो लडाई को जीवन को जस्तै छ, सबैभन्दा रमाइलो कुरा के हो भने नेपालले अहिलेसम्म कुनै पनि देशबाट सहयोग खोजेको छैन । भारत जस्तो मित्र राष्टले रेमेडिसवीर र केही भेन्टिलेटर दिएर आंशिकरूपमा सहयोग गरेर सहयोग सम्बन्धमा स्थापित गरेका छन् भने मित्र राष्ट चिनले भेरोसेल दिएर आंशिकरूपमा सहयोग गरेको छ ।

पुर्ण रूपमा नेपाल कोरेनाको भेक्सीनको लागी अन्यमुलुक बाट खरदि गरी आएको वा अनुदानमा पाए नेपाली जनताको ज्यान सुरक्षित गर्न सक्न्छि त्यो प्रकियामा नेपाल सरकार अहिले सम्मको प्रगती शुन्य छ, जनताहरू टुलु–टुलु हेरेर बसेका छन
चाखलाग्दो कुरा, गत एक वर्षमा, कोरोनासँग लड्न नेपाल सरकारको तयारी न्युण छ । हाल विगतमा नेपाललाई सहयोग पु¥याउने देशहरूको संख्यामा कमी आएको छ । भारतसँगे द्विपक्षीय सम्बन्ध र भारतमाथी निर्भर नेपालको बजार सहीतको अर्थ तन्त्रको हिसाबले भारतको नेपाल प्रतीको दायित्व निर्वाहमा चुकेको छ ।

बिभिन्न समुदायबाट नेपाललाई निरन्तर समर्थन धेरै मायनमा महत्त्वपूर्ण मानिन्छ । यो मानवता रक्षाको लागि एक वैश्विक पहलको सन्दर्भमा देखिन्छ । अर्कोतर्फ, यो अन्य देशहरूको मानसिकता परिवर्तन गर्ने नेपालको सम्बन्धको मर्यादा घटाउने रूपमा आएको छ । आज यो विश्वव्यापी समुदायको बीचमा वास्तविकता हो कि यी सबै देशहरू गम्भीर छन् र नेपालसँग सम्बन्ध विस्तार गर्न तयार छन् ।

नेपालको बढ्दो राजनैतिक अस्थीरताले गर्दा साझेदारी, वैश्विीक जिम्मेवारी र बढ्दो भूमिकाको सन्दर्भमा विश्व समुदायको ध्यान नेपाल तिर आर्कषित गर्न सकेको छैन । कोरोनाको प्रथम र दोस्रो संस्करणमा नेपालले पाइरहेको सहयोगलाई सहानुभूतिपूर्ण रूपमा हेर्नु हुँदैन, तर यसको ठूलो र बृहत्तर रणनीतिक प्रभाव पनि छ ।

प्रकाशित : 6 May 2021 9:10 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !