‘समृद्ध बलान बिहुल बनाउने सपना छ’


निर्वाचित भएदेखि हालसम्म समृद्ध पालिका निमार्णका लागि के के काम गर्नुभयो ?

– म निवाचित भएदेखि युवाहरुको एउटा जो चहाना र जनमत पाटीको जो संकल्प थियो । जनता राज्य कायम गर्नका लागि आधारभुत आवश्यता, जनताका पूरा गनुपर्र्ने जुन आवश्यकताहरु थियो, त्यही अनुरुप अहिलेसम्म हाम्रो जनमत पार्टीको बलान बिहुल गाउँपाकिाको स्थानिय सरकार छ । त्यही अनुरुप कार्य गर्दैछु । दुई बर्षमा धेरै नमुना कार्यहरु भएको छ । र, अझै नमुना कार्यहरु गर्न बाकीँ छ ।

हामी निर्वाचित भएपछि धेरै विद्यालयहरुमा व्यवस्थापन समितिदेखी लिएर धेरै विद्यालयहरुमा तालाबन्दीको अवस्था थियो । दुई वटा विद्यालय बन्द थियो । स्थानियको समस्या निर्वाचित हुने वितिकै विद्यालयको तालाबन्दी खोलाएर हामीले प्रत्येक विद्यालयको व्यवास्थापन समिति गठंन गर्याै । व्यस्थापन समिति गठंन गरी बाहिरबाट व्यवस्थापन समितिद्धारा १०÷१२ जना शिक्षहरु यहाँ रिक्त रहेको ठाउँहरुमा शिक्षक दरबन्दी ल्याए । गुणस्तरीय शिक्षाका लागि दरबन्दी अनुसार जुन ठाउँमा शिक्षकको अभाव थियो । त्यो ठाउँहरुमा स्वयंसेवक शिक्षक खटाएर पदपुर्र्तीे गरे । अर्को विज्ञापन गरेर केही ठाउँहरुमा पदपुर्तीे गरेका छौं ।

प्रत्येक विद्यालयहरुमा शिक्षक समयमा उपस्थिति हुनलाई बायोमेट्री हाजिरी शुरु गरायौं । अहिले हामी प्रत्येक विद्यालयको डिजिटलाईजेसन गर्नका लागी स्मार्ट बोर्ड, ईन्भर्टर र ब्याट्रीको सुविधा दिएका छौं । कमसेकम वत्ति नभएको बखत कामकाज अबरुद्ध नहुने व्यवस्था गरेको छु । मेरो एक बर्षको कार्यकालमा प्राविधिक तर्फ शेहरा मा.वि.मा ३ बर्षे शिभिल ईन्जिनियर कोर्ष संचालन गरे । यसपालि बाली विज्ञानको कोर्ष पनि त्यहाँ संचालन गरिसके । त्यती मात्र होइन्, शिक्षा क्षेत्रमा दुईटा हामीले ठुलो एउटा हेल्थ एशिसटेन्ट र अर्को फार्मेसी कलेज बन्दैछ । केही दिन अगाडी शिलान्यास गरी काम अगाडी बढाईसकेको अवस्था छ ।

अर्को चाही फोरेस्ट्री र आएस एजी वडा नम्बर ३ मा संचालनको लागी काम अगाडी बढाईसकेको अवस्था छ । भनेपछि ६ वटै वडामा एउटा–एउटा मा.वि हुनुपर्छ भन्ने मान्यताका साथ मैले शिक्षातर्फ क्रान्ती ल्यानुपर्छ भन्ने सोच बनाएको थिए । त्यही अनुरुप निर्वाचित हुने वितिकै वडा नम्बर ३ को मौवाहामा मा.वि. बनायौं । दुई वर्ष अगाडीदेखी संचालनमा छ । यसपाली अधाारभुत विद्यालय बेल्ही र मल्हनियालाई मा.वि.मा स्तरोन्नती गरिसकेको छु । पहिला दुई वटा मा.वि. थियो । अहिले हामीसँग पाँच वटा मा.वि. भईसकेको छ । एउटा मा.वि म अझै आफनै कार्यकाल भएको २ नम्बर वडामा बनाउछु भन्ने प्रतिबद्धताका साथ अगाडी बढीसकेको छु ।

कृषि क्षेत्रमा किसानका लागि के कस्ता काम गर्नुभयो ?

– हामीले कृषिमा धेरै परिवर्तन गर्न खोजिरहेको छौ । सबभन्दा पहिला प्रत्येक वर्ष १ करोड रुपैयाभन्दा बढी कृषि क्षेत्रमै सिचाईका लागी बौर्डिङ्ग र विधुतिकरणका लागी पोलहरु जडान गर्नलाई बजेट विनियोजन गरेका छौं । यसपालि प्रदेश सरकारबाट पनि १ करोड रुपैया आएको छ । भनेपछि २ करोडले ७५ प्रतिशत कृषी क्षेत्रको समस्या यसै वर्षमै सकिन्छ भन्ने विश्वास लिएका छौ ।

अब आउने दशैं तिहार पछाडी पालिकामा विधुतिकरण कार्य अगाडी बढ्छ । सकभर सबै वडामा विधुतिकरण हुनेछ । र, प्रत्येक खेतमा सिँचाई पुर्याउने उदेश्यले काम अगाडी बढाउछौं । अर्को चाही कृषि मिटर र विधुतिकरण निःशुल्क घोषणा भएकाले यसैवर्षदेखी किसानहरुका लागि कृषि मिटरको रकम पालिकाले व्योहोर्छ । किसानहरुलाई पालिकाबाट निःशुल्क रुपमा भिविन्न किसिमको विउविजन समेत उपलब्ध गराउदै आईरहेका छौं । मलखाद पनि सहज रुपमा उपलब्ध हुने वतावरण मिलाएका छौं ।

हाम्रो पार्टीले किसान पेन्सन कार्ड बनाउने जो निति लिएको छ– त्यो अनुरुप बलान बिहुलले पनि किसान पहिचान गरेर पेन्सनको व्यवस्था गर्नेछ । एकवर्ष भित्रै पेन्सन कार्ड वितरण गर्ने योजना छ । किसानको पशुको बिमा कार्यक्रम पनि अगाडी बढाईसकेको अवस्था छ ।

स्वास्थय क्षेत्रमा के कस्ता योजनाहरु ल्याउनु भएको छ ?

– विकट ठाउँ भएकोले स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तनका लागि सबभन्दा पहिला मेयरसँग जनता स्वास्थ्य कार्यक्रम संचालन गरे । हाम्रो स्वास्थ्यकर्मी टीम प्रत्येक जनताको घरदेलोमा गएर स्वास्थय समस्या बुझ्ने र त्यो अनुसार समाधान गर्नेका लागि एउटा सशक्त टिम खटाएका छौं । अर्कौ कुरा १८ बेडको अस्पताल शिलान्यास भएको झन्डै एक वर्ष भयो । अहिले दुई तल्ला बन्दैछ । अस्पताल पूर्ण निमार्ण भएर संचालन भएपछि यहाँका जनतालाई सुविधायुक्त सेवाहरु मिल्ने छ ।

स्वास्थ्यमा अहिले हामीसँग दुई वटा बर्थिङ्ग सेन्टर संचालनमा छ, त्यसमा प्रत्येक महिना झन्डै ३०/४० जनाको डिरेभरी हुने गर्दछ । यसपालि वडा नम्बर ३ मौवाहा र वडा नम्बर ४ बेल्हीमा निर्माणधिन भवनमा बर्थिङ्ग सेन्टर संचालन गर्देछौं । कुपोषणमुक्त पालिका बनाउनका निमित्त आसमान नेपाल र सहयोगी संस्थाहरुको सहयोगमा फुड बैंकको एकबर्ष भित्रै स्थापना गरी पोष्टिक आहारहरु स्टोर गरी याहाँका निमुखा, गरिब र कुपोषणमा पर्ने वर्गलाई पहिचान गरेर गर्भवती, सुत्केरीहरुलाई प्रोटिन युक्त पर्दाथ वितरण गर्दै आएका छौं । फुडबैकले विपद्को समयमा पनि व्यवस्थापनामा काम दिन्छ भने बनाएका हौं । स्वास्थ्य क्षेत्रमा मातृ मृत्यूदर शुन्यमा ल्याई सके । एउटा पनि आमा २ वर्षदेखी डिलेभरी सुत्केरीको कारण मर्न दिएका छैनौं । स्वास्थ्यकर्मीको टिम राम्रोसँग खटिरहेका छन्, पालिकाको लागी यो साकारात्मक कुरो हो । पालिका भरको स्वास्थ्य संस्थाहरुमा अधारभुत आवश्यकताको औषधीहरु अभाव हुन दिएको छैन ।

प्रदेश र संघीय सरकारसँगको समन्वय कस्तो रह्यो ?

– प्रदेश र संघीय सरकारसँग जुन समन्वय हुनुपर्ने हामी स्थानीय सरकार दिनरात जनताको घरदलोमा गएर काम गर्ने र हामी जती जनताप्रति उत्तरदायी छौं, त्यती उत्तरदायी प्रदेश र संघीय सरकार हुन जरुरी छ । अनि मात्र संघीयताको मुलमर्म हुन्छ । प्रदेश सरकार भनेको त जनताको गाउँघरमा त हुदैनन्, प्रदेशको क्याविनेट जनकपुरमै छ । त्याहाँसम्म जनतालाई पुग्न अप्ठ्यारै छ । प्रदेशको बजेट २०÷२५ प्रतिशत मात्र खर्च हुन्छ । ७० प्रतिशत बजेट अहिले फ्रिज भईरहेको अवस्था छ । यो डरलाग्दो अवस्था हो । मधेशलाई समृद्ध गर्नुछ, उकास्नु छ, संघीयतालाई बचाउनु छ, जनताको मतको कदर छ भने जति बजेट फ्रिज भईरहेको छ, त्यती बजेट मात्र खर्च भई दियो भने मधेश स्वर्गभन्दा सुन्दर हुन्छ । त्यसका लागि असारमै काम गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ । अहिले पनि हेर्नु हाम्रो पालिकामा मधेर प्रदेश सरकारको शर्सत बजेट आएन । झन्डै अरबौ रुपैया फ्रिज भयो । बजेट फ्रिज हुनु दुःखद् कुरा हो । एक जना एजेन्ट प्रदेशबाट आएर मेयर साहाब ५ प्रतिशत रुपैया मलाई दिनुस्, प्रदेशबाट ३/४ करोड रुपैया ल्याईदिन्छु मलाई भन्यो । अब भन्नुस्– यो कस्तो संघियता ल्याएका छौं । मधेशमा कमिसन लिएर मात्र बजेट दिने प्रवृत्ति मौलाएको छ । यो कारणले पनि मधेशको दुर्दशा भएको छ ।

बजेट खर्च नहुनुको कारण पनि त्यही हो, जुन एउटा कमिसनको चलखेल भईरहेको छ । यो जालोलाई आदरणीय डा. सिके राउत नेतृत्वको हाम्रो जनमत पार्टीले तोड्नका लागि सरकारको नेतृत्व पाएको छ । जनतालाई हाम्रो अध्यक्ष ज्यू र पार्टीसँग ठूलो अपेक्षा छ । प्रदेशमा अब यस्ता खेलामेलाहरु हुदैन भन्ने विश्वास मैले लिएको छु । जनतालाई समृद्ध सुखी बनाउन जनमत पार्टीको नेतृत्व सफल होस् भने कामना पनि गरेको छु । आदरणीय हाम्रा पार्टीका राष्ट्रिय अध्यक्ष उहाँसँग कुनै स्वार्थ छैन । यो देशको निष्पक्ष र भिजनरी लिडर भएकोले मधेश उहाँको नेतृत्वमा समृद्ध बन्नेछ भन्नेमा विश्वस्त छु ।

लागुऔषध दुव्र्यसन रोक्न के कस्ता कार्यक्रमहरु संचालन गर्नुभयो ?

– हाम्रो गाउँपालिकामा दुईटा नाका पर्छ । दुईटै नाकामा प्रहरी चौकी छ । खुला सिमानाकाको कारण लागुऔषधको ओसार–पोसार हुने गरेको छ । लागुऔषध दुर्यव्यसन रोक्नलाई हामीले विद्यालयहरुमा विद्यार्थीहरुलाई राखेर सचेतना कार्यक्रमहरु संचालन गर्दै आईरहेका छौं । यो अभियान प्रभावकारी बनाउन लागिपरेका छौं । सबैको सहयोग चाहिन्छ । हामी सबै मिलेर लागुऔषध कारोबार र दुव्र्यसन रोक्नुपर्छ । यसमा सुरक्षाकर्मीको भूमिका पनि अपरिहार्य छ ।

तपाईले गाउँपालिका अध्यक्षको रुपमा काम गर्दा के कस्ता चुनौतीहरुको सामाना गर्नुपरेको छ ?

– विकासको काम गर्दा हामी सबैलाई मिलाएर जाने सोच छ । त्यसै अनुसार अगाडी बढिरहेका छौं । सार्वजानिक जग्गा पनि भौतिक निर्माणको कार्य गर्दा सम्मानित अदालतबाट अन्तिरिम आदेश जारी भईदिन्छ । जसले गर्दा हामीलाई काम गर्न समस्या हुन्छ । करोडौंको बजेटहरु फ्रिज हुने अवस्था सृजना हुन्छ । यसलाई रोक्न एउटा छुटै ऐन बनाएर केन्द्र स्तरबाट समस्याको समाधान हुनुपर्छ । यदि सार्वजानिक÷ऐलानी जग्गा छ भने सरकारले विकास निर्माणको काम गर्न पाउनुपर्छ । अन्तिरिम आदेश जारी नहुने व्यवस्था चाही बनाउनु पर्ने ऐन संशोधन सरकारले ल्याओस् ।

अहिलेसम्म कति किलोमिटर पक्की सडक निर्माण गर्नुभयो ?

– हाम्रो कार्यकालमा अहिलेसम्म लगभग ६ किलोमिटर पक्की सडक निर्माण भईसकेको छ । अब हिलो र धुलो हुने सडक २० प्रतिशत मात्र बाकीँ छ । अब त्यो २० प्रतिशत सडकलाई ५ प्रतिशतमा ल्याउने गरी काम भइरहेको छ । २ बर्ष भित्रमा कुनै पनि सडक धुलो र हिलो हुनेछैन् । २०८३ सम्ममा धुलो र हिलोमुक्त पालिका बनाउने हामी जनप्रतिनिधिले अठोट लिएका छौं ।

अबको बाकीँ कार्यकालमा समृद्ध पालिका निर्माणका लागी के कस्ता योजनाहरु ल्याउने सोचमा हुनुहुन्छ ?

– अब मैले तीन वटा कुरा ध्यान दिने सोचमा छु । सबैभन्दा ठुलो कुरा बेरोजगारीको समस्या छ । बेरोजगारी अन्त्य गर्न स्वरोजगार मुलक कार्यक्रमहरु ल्याउने सोचका साथ काम गरिरहेका छौं । यहाँबाट खाडी गएका युवाहरुलाई आफ्नै पालिकामा फर्काएर आत्मानिर्भर बनाउने चुनौतीको विषय हो । अब रोजगारी सृजना गर्नेतर्फ लाग्नुपर्छ । त्यसको लागी हामीले साना साना उद्योगहरु सञ्चालन कसरी गर्न सकिन्छ भन्ने अध्ययनमा गरिरहेका छौं । हामीसँग लगभग ५ सयदेखी ७ सय विघा जग्गा बलानको बाध बाधेपछि आएको छ । त्यसमा हामीले दुई वटा उद्योग स्थापना गर्न खोजिरहेको छु । आदरणीय हाम्रा पार्टीका अध्यक्ष ज्यूले पनि आश्वासन दिनुभएको छ । एउटा उद्योग छिटै लाग्ने अवस्थामा छ । उद्योग लागेपछि ५ सयदेखी ७ सय जनालाई रोजगार दिन सकिन्छ । यसले पनि समृद्ध पालिका बनाउन टेवा पुग्छ ।

अर्को शिक्षाको स्तरलाई अझै गुणस्तरीय शिक्षा प्रदान गर्नको निमित्त यहाँ प्राविधिक कलेजहरु भए अब स्नातक र स्नातकोत्तरसम्म पनि पढ्न यतै व्यवस्थापन होस् भन्नेमा मेरो ध्यान केन्द्रीत हुन्छ । किनकी शिक्षा राम्रो भयो भने सबैले आफै विस्तारै रोजगार पाउँछ । जबसम्म यहाँ जनता शिक्षित हुदैन्, विकासले गति लिदैन । समृद्ध पालिकाको कल्पना गर्न सकिदैन । त्यसैले बढी ध्यान हामीले शिक्षातर्फ पनि दिनुपर्छ । रोजगार र आत्मानिर्भर बनाउन कृषिमा लगानी पनि आवश्यक छ । पालिकामा २ वर्षमा विभिन्न क्षेत्रमा एक सय जनालाई रोजगारी दिएको अवस्था छ । आखिर रोजगारबाट नै पालिका, प्रदेश र देश समृद्ध हुने हो । अहिले जनता गरिबीसँग जुधिरहेको अवस्था छ । कोराना संक्रमणपछि देश आर्थिक रुपले संकटमा छ । यसलाई उभार्न आर्थिक क्रान्ति जरुरी छ ।

  • प्रस्तुती : जयनाथ यादव, टुडेखोज
प्रकाशित : २०८१ असार २०, बिहीबार १७:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ