• गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार
No Result
View All Result
  • गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार
No Result
View All Result
Today Khoj
No Result
View All Result

अध्ययन भन्छ : लकडाउनमा दम्पतीबीच पैसाभन्दा महत्वपूर्ण बन्यो यौन

टुडे खोज लेखक टुडे खोज
पुस २८, २०७७, १०:२० PM
0
  • 361
    Shares

बेइजिङ : वैज्ञानिकहरुले महिला र पुरुषबीचको असल सम्बन्धमा यौनको महत्व निकै कम हुने बताउँदै आएका छन् ।

कोरोना भाइरस महामारीअघि गरिएका अध्ययनहरुले यौनभन्दा पैसा, शैक्षिक योग्यता, उमेरजस्ता विषय बढी महत्वपूर्ण हुने देखाएका थिए । तर, कोरोना भाइरस महामारीले यौनसम्बन्धी यो धारणामा परिवर्तन ल्याइदिएको एक अध्ययनले देखाएको छ ।

हालै चीनमा गरिएको एक अनुसन्धानले भने जोडीको आपसी सम्बन्ध सुधार्नमा यौनले निकै ठूलो भूमिका खेलेको पाइएको छ । कमसेकम बालबच्चाको अवरोध नभएको र तनावमा नडुबेको जोडीका लागि लकडाउनमा यौनको महत्व धेरै देखिएको हो ।

‘लकडाउनमा जब जोडीले यौन सन्तुष्टि प्राप्त गरे, तब उनीहरुबीच सकारात्मक भावना विकास भयो र उनीहरुले एकअर्काप्रति सकारात्मक व्यवहार गरेको पाइयो,’ अध्ययनका प्रमुख लेखक तथा हेनान युनिभर्सिटीका प्राध्यापक वाङ पेइसी भन्छन् ।

यो अध्ययन सेक्सुअल मेडिसिन नामक जर्नलमा शुक्रबार प्रकाशित भएको छ । पछिल्लो समय भएका अनेकौँ अध्ययनअनुसार महामारीले मानिसको यौन जीवनमा ठूलो असर पारेको छ । संक्रमण बढ्दै जाँदा जोडीबीचको यौन सम्बन्धको संख्या घट्दै गएको देखिएको छ ।

उदाहरणका लागि टर्कीमा महामारीअघि दम्पतीले औसत हप्तामा दुई पटक यौन सम्पर्क राख्ने गर्थे। महामारी सुरु भएपछि त्यो एक पटकमा सिमित भएको देखिएको छ । प्राध्यापक वाङको अध्ययनमा १८ देखि ४४ वर्षबीचका चीनका विवाहित वा लिभिङ टुगेदरमा रहेका करिब ३ सय व्यक्ति सहभागी थिए ।

यो अध्ययनमा सहभागीहरुले पनि चीनमा गतवर्ष लकडाउन सुरु भएपछि यौन सम्बन्ध कम गरेको बताएका थिए ।

सन् २०११ मा पाँच मुलुकमा गरिएको एक अनुसन्धानमा दम्पतीबीच दरारको सबैभन्दा प्रमुख कारण आर्थिक समस्या देखिएको थियो। सोही अध्ययनमा समय बित्दै जाँदा दम्पतीले एकअर्काप्रतिको रुचि गुमाउँदै जाने पनि देखिएको थियो । तर, लकडाउनमा भने यो प्रवृत्ति उल्टिएको देखिएको छ ।

लकडाउनको अवधिमा जोडीबीच पैसाभन्दा बढी यौन महत्वपूर्ण हुन पुगेको वाङ बताउँछन् । यद्यपि सम्बन्धमा सबैभन्दा महत्वपूर्ण पक्ष भने पहिलेझैँ पारिवारिक विषय नै भएको यो अध्ययनले पनि देखाएको छ।

यद्यपि फरक संस्कृति भएका मुलुकमा यो अध्ययनको निष्कर्ष लागू नहुन सक्छ। किनभने इटलीको एउटा अध्ययनले भने लकडाउनका बेला अन्य मुलुकहरुमा भन्दा विपरीत मानिसहरुले अझ बढी यौन सम्पर्क राखेको देखिएको थियो । एजेन्सी

Related


Tags: अध्ययन
नयाँ समाचार

प्रहरी हवल्दार भण्डारी १० हजार घुस रकमसहित पक्राउ

अर्को समाचार

ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव, वासिङटन डिसीमा आपतकाल घाेषणा

तपाईको प्रतिक्रिया

ताजा समाचार

महोत्तरी : शीतलहरका कारण गौशालामा ३ दिनका लागि विद्यालय बन्द

14 hours पहिले

Big News- गोली हानेर दुई महिला न्यायाधीशको हत्या

16 hours पहिले

बलिदानी दिवस मनाउन प्रदेश २ मा भोलि सार्वजनिक बिदा

17 hours पहिले

ट्रम्पका समर्थकले दिए सशस्त्र आन्दोलनको धम्की, पचासै राज्यमा ‘अलर्ट’

24 hours पहिले

मन्त्री साहले भने- मधेसमा ओलीको जयजयकार छ, ३२ मा २० सिट आउछ

2 days पहिले

सामुदायिक भवनको शिलान्यास, प्रधानमन्त्री बन्न जनताबाट आउन चुनाव : कानूनमन्त्री श्रेष्ठ

2 days पहिले


जनकपुरधाम, प्रदेश – २ (नेपाल)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
इमेल: [email protected]

हाम्रो टीम

सम्पादकः -सन्तोष कुमार यादव
सम्पर्क नं. :९८५२८३४८३४
सह-सम्पादक : जयनाथ यादव
संवाददाता : सिबेन्द्र रोहिता
कुलदीप दास (प्रेम)
न्युज डेस्क : सुनिल साह

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार