
काठमाडौं : भारतको महाराष्ट्रस्थित भन्डारा जिल्लाको एक अस्पतालमा भीषण आगलागी हुँदा दश नवजात शिशुको मृत्यु भएको छ ।
अस्पतालको स्पेसल न्युबर्न केयर युनिटमा आगलागी भएको बीबीसीले जनाएको छ । ती शिशुहरु एकदेखि तीन महिना अगाडि मात्र जन्मिएका थिए ।
डिस्ट्रिक्ट सिभिल सर्जन प्रमोद खन्डातेका अनुसार अस्पतालमा राति साढे एक बजे आगलागी भएको थियो । महाराष्ट्रका स्वास्थ्यमन्त्रीले यस घटनासँगै नवजात शिशुको मृतक परिवारलाई पाँच–पाँच लाख रुपियाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया