• गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार
No Result
View All Result
  • गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार
No Result
View All Result
Today Khoj
No Result
View All Result

Big News- गोली हानेर दुई महिला न्यायाधीशको हत्या

टुडे खोज लेखक टुडे खोज
माघ ४, २०७७, १:५२ PM
0
  • 533
    Shares

काबुल : न्यायाधीशमाथि आइतबार बिहानै राजधानी काबुलमा गोली हानी हत्या गरिएको छ । अफगानमा जारी हिंसा अन्त्य गर्न सरकार र मुख्य विद्रोही तालिबान समूहबीच शान्ति वार्ता भइरहे पनि व्यक्ति हत्याको क्रम भनेको रोकिएको छैन ।

पछिल्ला केही महिनादेखि खासगरी राजधानी काबुलमा उच्च तहका व्यक्ति लक्षित आक्रमणहरु भइरहेका छन् । यी हत्याहरुले राजधानी काबुल सहित देशका प्रमुख शहर बजारमा त्रास फैलाएको छ ।अमेरिकी रक्षा मन्त्रालयले अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गरी दुई हजार ५०० मा सीमित गर्ने घोषणा गरेको दुई दिन नबित्दै पछिल्लो आक्रमण भएको छ ।

दुई न्यायाधीश सरकारी सवारी साधनमा चढेर अदालत गइरहेको अवस्थामा आक्रमण भएको सर्वोच्च अदालतका प्रवक्ता अहमद फाहिम क्वाइमले जानकारी दिए । उनले भने, ‘दुर्भाग्यवस, आजको आक्रमणमा हामीले दुई महिला न्यायाधीशलाई गुमाएका छौं । उनीहरुका सवारी चालक घाइते भएपनि सकुशल छन् ।’

प्रवक्ता क्वाइमका अनुसार अफगानिस्तानका उच्च अदालतमा २०० भन्दा बढी महिला न्यायाधीशहरु कार्यरत छन् । काबुल प्रहरीले पनि आक्रमणको पुष्टी गरेको छ । अफगानिस्तानको सर्वोच्च अदालतमा यसअघि सन् २०१७ को फेब्रुअरीमा पनि आक्रमण गरिएको थियो । उक्त आक्रमणबाट कम्तीमा २० जना मारिनुका साथै ४१ जना घाइते भएका थिए ।

हालैका महिनामा राजनीतिकर्मीहरु, पत्रकारहरु, अधिकारवादीहरु, चिकित्सक र कानुन व्यवसायी समेतका माथिल्लो पंक्तिका धेरै अफगानीहरुलाई लक्षित गरी काबुल र अन्य शहरमा दिनदहाडै सिलसिलाबद्ध आक्रमण भइरहेका छन् । अफगान अधिकारीहरुले ती आक्रमणहरु तालिबान समूहले गराएको आरोप लगाउँदै आएका छन् तर तालिबान समूहले जिम्मेवारी लिन अस्वीकार गर्दै आएको छ ।

कतिपय हत्याको जिम्मेवारी भने जिहादी इस्लामिक स्टेट समूहले लिने गरेको छ । यसै महिनाको शुरुमा अमेरिकी सैन्य कमान्डले अफगानिस्तानमा भइरहेका आक्रमणहरु तालिबानबाट भएको दाबी गरेको थियो ।

अफगानिस्तानमा तैनाथ अमेरिकी फौजका प्रवक्ता कर्णेल सोन्नी लिगेटले ट्वीट गर्दै अफगानिस्तानमा भइरहेका आक्रमणमा तालिबानको संलग्नता रहेको पाइएको र त्यसले शान्ति कायम गर्ने अफगान जनताको चाहनामाथि कुठाराघात गर्ने बताए ।

तालिबान र अफगान सरकारबीच कतारको राजधानी दोहामा शान्ति वार्ता जारी रहेकै अवस्थामा अफगानिस्तानमा हिंसात्मक घटना बढेको भन्दै सर्वत्र चिन्ता पनि व्यक्त गरिएको छ ।

अफगानिस्तानका गुप्तचर निकायका प्रमुख अहमद जिया सिराजले सन् २०२० मा तालिबान समूहले देशभर १८ हजारभन्दा बढी आक्रमण गरेको संसदलाई जानकारी दिएका छन् । एएफपी

Related

Tags: हत्या
नयाँ समाचार

बलिदानी दिवस मनाउन प्रदेश २ मा भोलि सार्वजनिक बिदा

अर्को समाचार

महोत्तरी : शीतलहरका कारण गौशालामा ३ दिनका लागि विद्यालय बन्द

तपाईको प्रतिक्रिया

ताजा समाचार

श्रममन्त्री चौधरीले विभागलाई भन्यो- म्यानपावरमा छापा मार्नुअघि मलाई सोध्नु

22 mins पहिले

वामदेको एकता अभियानका नेता मियाँ प्रचण्ड-माधवतिर लागे

1 hour पहिले

थरुहट-थारुवान राष्ट्रिय मोर्चाद्वारा विद्रोहको घोषणा

1 hour पहिले

जसपाले बल्ल टुंग्यायो जनवर्गीय संगठनका नाम

6 hours पहिले

जनकपुरमा क्लिनिकको ब्रह्मलुट, ड्रेसिङ शुल्क १३ हजार !

6 hours पहिले
संवैधानिक निकायका नियुक्ति संविधानको मर्म विपरीत : नेपाल बार

संवैधानिक निकायका नियुक्ति संविधानको मर्म विपरीत : नेपाल बार

18 hours पहिले


जनकपुरधाम, प्रदेश – २ (नेपाल)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: todaykhoj@gmail.com
इमेल: jsynews@gmail.com

हाम्रो टीम

सम्पादकः -सन्तोष कुमार यादव
सम्पर्क नं. :९८५२८३४८३४
सह-सम्पादक : जयनाथ यादव
संवाददाता : सिबेन्द्र रोहिता
कुलदीप दास (प्रेम)
न्युज डेस्क : सुनिल साह

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार