दाङ : दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घोराही-लमही सडकखण्ड अन्तरगत मुसोटमा घोराहीबाट लमहीतर्फ जादै गरेको लु १ ख ९८६३ नम्बरको यात्रुवाहक माइक्रोबस दुर्घटना भएको हो ।
शुक्रबार बेलुका ५ बजेतिर घोराही-मसोटको ओरालोमा भएको दुर्घटनामा लमही नगरपालिका-९ पैतेका २९ वर्षीय अतिराम चौधरी र सैनामैना नगरपालिका, रुपेन्देहीका २८ वर्षीय यादव खनालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यात्रुबाहक बस कारलाई ओरालोमा ठक्कर दिएर अनियन्त्रीत हुँदा दुर्घटनामा परेको थियो । दुर्घटनामा २८ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्य एकजना एकजनाको अवस्था गम्भिर रहेको छ ।
ओरालोमा बसको ब्रेकफेल हुदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता एव डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
दुर्घटनामा घाइते भएकाहरुको विवरण
– लमही नगरपालिका- १ का ४६ वर्षीय बेलपति चौधरी र सोही ठाउँका ७० वर्षीय लिलावति चौधरी
– लमही नगरपालिका १ का ४० वर्षीय आशा चौधरी
– लमही नगरपालिका -२ सोनपुर की ५४ वर्षीया सीता चौधरी
– लमही नगरपालिका-२ सोनपुर निवासी ५५ वर्षीय फुजुवा चौधरी र उनकी छोरी १६ वर्षीय ववि चौधरी
– लमही नगरपालिका -२ निवासी ३० वर्षीय श्यामकुमारी चौधरी
– लमही नगरपालिका- ५ कोलही निवासी १८ वर्षीय अनुजा चौधरी
– लमही नगरपालिका ६ खैरी निवासी ६३ वर्षीय यमराज नेपाली
– लमही ६ निवासी ३९ वर्षीया निर्मला नेपाली
– ३२ वर्षिया सुनिता नेपाली
– ६१ वर्षीय जंगबहादुर घर्ती
– २७ वर्षीय दिलु चौधरी
– लमही नगरपालिका-७ निवासी ३८ वर्षीया चन्द्रकलि चौधरी
– लमही नगरपालिका- ९ निवासी ३२वर्षीय कमल चौधरी
– राप्ती गाउँपालिका- १ निवासी २८ वर्षीया दिलकुमारी चौधरी
– राजपुर गाउँपालिका-१ गुरूङ्खोला निवासी २७ वर्षीया सावित्री वली, २ वर्षकी रोशी वली
– राजपुर गाउँपालिका- ४ दुलहिया निवासी ४० वर्षीया फुलमाया घर्ती
– रोल्पा परिवर्तन गाउँपालिका-१ निवासी खुरेली निवासी ५१ वर्षीय तेजप्रसाद घर्ती, ५४ वर्षीया लालमाया घर्ती
– घोराही उपमहानगरपालिका-१५ निवासी १८ वर्षीया अञ्जना चौधरी,२० वर्षीया आरती कुवर,२० वर्षीया सितल कुवर
– मोरङ घर भएका ३६ वर्षीय खड्कबहादुर श्रेष्ठ
– घोराही उपमहानगरपालिका-२ रामपुर निवासी ३२ वर्षीया सुशीला पोख्रेल

तपाईको प्रतिक्रिया