
टुडेखोज, जनकपुरधाम : महोत्तरीको बर्दिबासमा ६ बर्षीया बालिकाको हत्या गरेको अवस्थामा शव फेला परेको छ । बर्दिबास नगरपालिका १४ का शहिद आलमकी ६ बर्षीया छोरी गुलाब साह खातुनको शव सोमवार मध्यरातमा फेला परेको हो ।
बर्दिबास नगरपालिका १४ स्थित बिनोद साहको खाली जग्गाको झाडीमा फालिएको बोरामा गुलाबको शव भेटिएको प्रहरीले जनाएको छ । गुलाब आईतवार साँझदेखि नै हराइरहेकी थिइन् । उनी हराएपछि आफ्न्त खोज्दाखोज्दै हैरान बनेको थियो ।
बालिकालाई हत्या गरेर फालेको घटना सार्वजनिक भएपछि आफ्न्त र स्थानीयले पुर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी साधन अलपत्र परेको छ । अहिले बर्दिबास तनावग्रस्त बनेको छ । स्थानीयले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन् ।
घटनामा संलग्न रहेको आशंकामा ईलाका प्रहरी कार्यालय बर्दिबासले गौशाला नगरपालिका ५ का २५ बर्षीय अरुण कुमार साहलाई नियन्त्रणमा लिएको छ । उनीमाथि अनुसन्धान सुरु गरिएको बर्दिबासका प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिए ।
तपाईको प्रतिक्रिया