• गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार
No Result
View All Result
  • गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार
No Result
View All Result
Today Khoj
No Result
View All Result

३७ हजार स्वाब परीक्षण गरेकी डा. अधिकारी आफैं संक्रमित

टुडे खोज लेखक टुडे खोज
पुस २०, २०७७, १०:४८ AM
0
३७ हजार स्वाब परीक्षण गरेकी डा. अधिकारी आफैं संक्रमित
  • 2.4K
    Shares

चितवन : ३७ हजारभन्दा बढी स्वाब परीक्षण गर्दा सुरक्षित रहेकी डा. नितु अधिकारी हाल आएर आफैँ सङ्क्रमित भएकी छन् । भरतपुर अस्पतालद्वारा गत जेठमा सञ्चालित कोभिड–१९ प्रयोगशालाको नेतृत्व गर्दै आउनुभएकी डा अधिकारी लामो समय सङ्क्रमणबाट सुरक्षित रहेकी थिइन् ।

उनी गत साता सङ्क्रमित भएपछि होम आइसोलेसनमा छन् । उनीसँगै श्रीमान् र आमासमेत सङ्क्रमित भएको बुझिएको छ । अधिकारीले भन्छिन्, ‘निकै गाह्रो हुँदो रहेछ ।’

उनले टाउको, शरीर र छाती दुखेको बताइन् । उक्त प्रयोगशालामा दैनिक ६०० सम्म स्वाब परीक्षण हुने गरेको थियो । शुरुआती समयमा स्वाबको सङ्ख्या धेरै भएपछि २४ सै घण्टा काम गर्नुपरेको थियो । उक्त ल्याबमा काम गर्ने अन्य कर्मचारीलाई यसअघि नै कोरोना पुष्टि भइसकेको छ ।

भरतपुर कोभिड–१९ प्रयोगशालामा कार्यरत मेडिकल प्राविधिक आफू सुरक्षित भई काम गर्दा पनि सङ्क्रमित हुन पुगेको बताउँछन् । ‘पिपिइ सेट लगाउने, निरन्तर सरसफाइ गर्ने, प्रयोग भएका वस्तुको तत्काल र वैज्ञानिक हिसाबले निर्मलीकरण गर्ने गरिन्छ, यति गर्दा पनि सङ्क्रमित भएँ’, डा अधिकारीले भनिन्, ‘कुनै पनि अवस्थामा कमजोरी नहोस् भनी सबै साथीहरु होसियारीका साथ काम गर्ने गरेका थियौँ ।’

जिल्लामा पोजेटिभ सङ्क्रमित छ हजार ४१२ जना पुगेका छन् । मृतकको सङ्ख्या १०१ पुगेको छ । छ हजार ६३ जना निको भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । भरतपुर महानगरमा मात्रै चार हजार ५८९ जना छन् ।

यस्तै माडीमा १३१, राप्तीमा ३११, रत्ननगरमा ७५७, खैरहनीमा ३९८, कालिका नगरमा १८८ र इच्छाकामनामा ३८ जना सङ्क्रमित देखिएका छन् ।

Related


नयाँ समाचार

मौसम अपडेट : हल्का वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने !

अर्को समाचार

स्रोत नखुलेको १ करोड ४७ लाख रुपैयाँसहित गुप्ता र थारु पक्राउ

तपाईको प्रतिक्रिया

ताजा समाचार

महोत्तरी : शीतलहरका कारण गौशालामा ३ दिनका लागि विद्यालय बन्द

15 hours पहिले

Big News- गोली हानेर दुई महिला न्यायाधीशको हत्या

17 hours पहिले

बलिदानी दिवस मनाउन प्रदेश २ मा भोलि सार्वजनिक बिदा

17 hours पहिले

ट्रम्पका समर्थकले दिए सशस्त्र आन्दोलनको धम्की, पचासै राज्यमा ‘अलर्ट’

1 day पहिले

मन्त्री साहले भने- मधेसमा ओलीको जयजयकार छ, ३२ मा २० सिट आउछ

2 days पहिले

सामुदायिक भवनको शिलान्यास, प्रधानमन्त्री बन्न जनताबाट आउन चुनाव : कानूनमन्त्री श्रेष्ठ

2 days पहिले


जनकपुरधाम, प्रदेश – २ (नेपाल)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
इमेल: [email protected]

हाम्रो टीम

सम्पादकः -सन्तोष कुमार यादव
सम्पर्क नं. :९८५२८३४८३४
सह-सम्पादक : जयनाथ यादव
संवाददाता : सिबेन्द्र रोहिता
कुलदीप दास (प्रेम)
न्युज डेस्क : सुनिल साह

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार