• गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार
No Result
View All Result
  • गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार
No Result
View All Result
Today Khoj
No Result
View All Result

हुस्सुले तराई र पहाडमा उडान प्रभावित, आज ४० उडान रद्द !

टुडे खोज लेखक टुडे खोज
पुस २८, २०७७, ३:४१ PM
0
  • 1.2K
    Shares

काठमाडौं : हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने तराई तथा दुर्गम भेगका विभिन्न जिल्लाको उडान प्रभावित भएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुने तराईका विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्जलगायत गन्तव्यको उडान दुई दिनदेखि प्रभावित भएको हो । बाक्लो हुस्सुले आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले प्रतिकूल मौसमका कारण तराईका अधिकांश गन्तव्यको उडान प्रभावित भएको बताए । उनका अनुसार सोमबार तराई तथा पहाडी क्षेत्रका विमानस्थल ८८ उडान तालिका रहेकामध्ये ४० उडान रद्द भए । आज पनि ८८ उडान तालिका रहेको छ ।

बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्सलगायत कम्पनीको उडान रद्द भएपछि यात्रुले निकै सास्ती बेहोर्नुपरेको छ । उडान नभएपछि गन्तव्य हिँडेका यात्रु दिनभरजसो विमानस्थलमा अलपत्र परेका छन् । मौसम खराबीका कारण आज पनि तराईका अधिकांश स्थानमा उडान हुनसकेको छैन ।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाकाअनुसार सोमबार विराटनगरमा चार, सिमरामा तीन, भरतपुरमा दुई, नेपालगञ्ज र तुम्लिङ्टारमा समान एक एक उडान रद्द भए ।

यतीको आजका लागि तय भएको विराटनगर र भद्रपुर गन्तव्यमा अहिलेसम्म पनि उडान हुनसकेको छैन । विराटनगरमा चार उडान तालिका छ । भद्रपुरको दुई उडानमध्ये एक रद्द गरिएको कम्पनीले जनाएको छ ।

बुद्ध एयरको मात्रै सोमबार २८ उडान रद्द भएको थियो । बुद्धको विराटनगरमा सात, सिमरा र भैरहवामा समान पाँच उडान भएन । बुद्धले आज पनि विराटनगरमा सात उडान राखेको छ । मौसमको खराबीले अहिलेसम्म उडान भएको छैन ।

यस्तै सोमबार श्री एयरलाइन्सको तीन र सौर्यका दुई उडान रद्द भएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका तराई भू–भागका धेरैजसो स्थानमा हुस्सुरकुहिरो लागेको छ ।

Related


Tags: हुस्सुले उडान रद्द
नयाँ समाचार

विद्यार्थीलाई अश्लील म्यासेज पठाउने आरआर क्याम्पसका प्राध्यापक पक्राउ

अर्को समाचार

प्रहरी हवल्दार भण्डारी १० हजार घुस रकमसहित पक्राउ

तपाईको प्रतिक्रिया

ताजा समाचार

महोत्तरी : शीतलहरका कारण गौशालामा ३ दिनका लागि विद्यालय बन्द

14 hours पहिले

Big News- गोली हानेर दुई महिला न्यायाधीशको हत्या

16 hours पहिले

बलिदानी दिवस मनाउन प्रदेश २ मा भोलि सार्वजनिक बिदा

16 hours पहिले

ट्रम्पका समर्थकले दिए सशस्त्र आन्दोलनको धम्की, पचासै राज्यमा ‘अलर्ट’

23 hours पहिले

मन्त्री साहले भने- मधेसमा ओलीको जयजयकार छ, ३२ मा २० सिट आउछ

2 days पहिले

सामुदायिक भवनको शिलान्यास, प्रधानमन्त्री बन्न जनताबाट आउन चुनाव : कानूनमन्त्री श्रेष्ठ

2 days पहिले


जनकपुरधाम, प्रदेश – २ (नेपाल)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
इमेल: [email protected]

हाम्रो टीम

सम्पादकः -सन्तोष कुमार यादव
सम्पर्क नं. :९८५२८३४८३४
सह-सम्पादक : जयनाथ यादव
संवाददाता : सिबेन्द्र रोहिता
कुलदीप दास (प्रेम)
न्युज डेस्क : सुनिल साह

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार