• गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार
No Result
View All Result
  • गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार
No Result
View All Result
Today Khoj
No Result
View All Result

प्रदेश २ को कोरोना परीक्षण प्रयोगशाला बन्द, कर्मचारीलाई तलब नदिएरै हटाइयो

टुडे खोज लेखक टुडे खोज
चैत्र २१, २०७७, ८:२२ AM
0
  • 795
    Shares

जनकपुरधाम : कोरोनाको जोखिम बढेपछि शंकास्पद व्यक्तिको परीक्षण कार्यलाई तीब्रता दिइएको छ । ६ प्रदेशमा कोरोना परीक्षण भइरहेको बेला प्रदेश २ को प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला ठप्प छ ।

प्रदेश सरकारको अनुमती लिएर प्रयोगशालाको कार्यालयले ३९ कर्मचारी करारमा भर्ना गरेका थिए । तर उनीहरु ७ महिनासम्म तलब भत्ता पाएनन् । तलब भत्ताका लागि दबाब दिन थालेपछि उनीहरुलाई कामबाट हटाइएको छ । करारका कर्मचारीलाई हटाएपछि प्रयोगशाला बन्द भएको बुझिएको छ । अहिले प्रयोगशालामा स्थायी ८ कर्मचारी कार्यरत छन् । तर उनीहरु समेत कार्यालय आउने गरेका छैन् ।

शुक्रवार प्रयोशाला पुग्दा न प्रमुख डा. श्रवण कुमार मिश्र उपस्थित थिए, न अन्य कर्मचारी । प्रयोगशाला परिसरमा बसेका एक कार्यालय सहयोगीले भने– प्रमुख सर काठमाडौं जानुभएको छ ।’ अन्य कर्मचारीबारे उनले केहि थाहा नभएको बताए । प्रमुख डा. मिश्रलाई फोनमार्फत सम्पर्क गर्दा भएन ।

विगतमा राखेका कर्मचारीलाई तलब नदिएर हटाएको छ । तर अहिले पुनः कर्मचारी भर्ना गर्नुपर्ने अवस्था सृजना भएको छ । डिसिसिएमसीको बैठकले प्रयोगशाला संचालनका लागि जनशक्तिको व्यवस्था गर्न सामाजिक विकास मन्त्रालय प्रदेश २ लाई अनुरोध गर्ने निर्णय गरेको छ ।

कोभिड १९ को संक्रमण पुनः बढ्न थालेको सन्दर्भमा जनकपुर स्थित प्रदेश जनस्वास्थ्य प्रयोगशाला, अस्पताल तथा स्वास्थ्य केन्द्रहरुलाई पुनः लक्षण देखिएका व्यक्तिहरुको स्वाव संकलनलाई तिब्रता दिने र प्रयोगशालालाई पूर्ण क्षमतामा संचालनमा ल्याउने निर्णय पनि डिसिसिएमसीको बैठकले गरिएको छ । तर जनशक्ति अभावमा प्रयोगशाला पुनः कहिलेदेखि सञ्चालनमा आउने कुराको टुङ्गो छैन ।

Related

Tags: कोरोना परीक्षण
नयाँ समाचार

दाङमा बस दुर्घटना अपडेट : २ जनाको मृत्यु, २८ घाइते (सूचीसहित)

अर्को समाचार

हँसपुरको निकालमा सडक ढलान शुरु

तपाईको प्रतिक्रिया

ताजा समाचार

कोरोना परीक्षण नै नगरी रिपोर्ट दिने महोत्तरी र सप्तरीसहितका ८ जना पक्राउ

5 hours पहिले

प्रदेश २ मा भोलि सार्वजनिक विदा

8 hours पहिले

भयावह रुप लिँदै कोरोना : मंगलबार १,७३६ संक्रमित थपिए, ११ जनाको मृत्यु

8 hours पहिले

संसद सदस्यबाट कारवाही किन नगर्ने भन्दै एमालेले ३२ जनालाई सोध्यो स्पष्टीकरण (सूचीसहित)

13 hours पहिले

महोत्तरीमा वैशाखमै खानेपानीको हाहाकार !

15 hours पहिले

बिरामीमा कोरोना पुष्टि भएपछि सिरहा अस्पतालको सेवा बन्द

17 hours पहिले


जनकपुरधाम, प्रदेश – २ (नेपाल)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: todaykhoj@gmail.com
इमेल: jsynews@gmail.com

हाम्रो टीम

सम्पादकः -सन्तोष कुमार यादव
सम्पर्क नं. :९८५२८३४८३४
सह-सम्पादक : जयनाथ यादव
संवाददाता : सिबेन्द्र रोहिता
कुलदीप दास (प्रेम)
न्युज डेस्क : सुनिल साह

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार