
काठमाडौं : कोरोना संक्रमणबाट पूर्वराजदूत एवम् नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य कमानसिंह लामाको मृत्यु भएको छ ।
त्रिवि शिक्षण अस्पतालमा उपचारत लामाको गएराति मृत्यु भएको काभ्रेका नेकपा नेता इन्द्रबहादुर थिङले जानकारी दिए । थिङका अनुसार लामालाई करिब २० दिनअघि कोरोना संक्रमणको पुष्टि भएको थियो ।
कोरियाका लागि नेपाली राजदूत समेत भएका लामा काभ्रे जिल्लाका पुराना कम्युनिस्ट नेता हुन् । ६८ वर्षीय लामा २०४८ सालको आम निर्वाचनमा तत्कालीन संयुक्त जनमोर्चाबाट प्रतिनिधिसभा सांसदमा निर्वाचित भएका थिए । सोही पार्टीबाट २०५६ सालको आम निर्वाचनमा पनि उम्मेदवार बनेका थिए ।
तत्कालीन एकता केन्द्र मशालमा रहेका लामा २०६५ मा नारायणकाजीको नेतृत्वमा रहेको पार्टी तत्कालीन माओवादीमा मिसिएपछि माओवादी पार्टीमा एकीकृत भएका हुन् । पूर्व–एमाले र माओवादी मिलेर नेकपा बनेपछि उनी केन्द्रीय सदस्य बनेका हुन् ।
तपाईको प्रतिक्रिया