• गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार
No Result
View All Result
  • गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार
No Result
View All Result
Today Khoj
No Result
View All Result

नेपाल पत्रकार महासंघ : बैंक स्टेटमेन्ट नहुँदा सदस्यताबाट बञ्चित गर्न मिल्छ ?

टुडे खोज लेखक टुडे खोज
चैत्र १४, २०७७, ९:५९ AM
0
नेपाल पत्रकार महासंघ : बैंक स्टेटमेन्ट नहुँदा सदस्यताबाट बञ्चित गर्न मिल्छ ?
  • 249
    Shares
  • रञ्जन भण्डारी

नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले गत वर्ष नयाँ सदस्यताको लागि आव्हान गरेको थियो । नेपाल पत्रकार महासंघको सदस्यता लिनलाई आवश्यक कागजातसंगै उक्त पत्रकारले काम गर्ने मिडियाबाट पाउदै आएको तलबको बैंक स्टेटमेन्ट समेत मांगिएको थियो । धेरैले उक्त बैंक स्टेटमेन्ट बुझाएपनि । महोत्तरीमा ३९ जनाले नयाँ सदस्यताको लागि आवेदन दिएकोमा यसै साता सो मध्ये ९ जनाले सदस्यता पाएका छन । तर आवेदन दिएका मध्ये अधिकांस कृयाशिल पत्रकार सदस्यता लिनबाट बन्चित रहे । नेपाल पत्रकार महासंघ महोत्तरी शाखामा सम्पर्क गर्दा सदस्यता नपाएका अधिकांशको बैंंक स्टेटमेन्ट नभएकोले उनको नाम सदस्यताको लागि सिफारिस नगरेको जवाफ फर्कायो । एकजनाले त बैंक स्टेटमेन्ट समेत पेश गरेकोमा उनको फाईलको पछाडी बैंक स्टेटमेन्ट नभएको भनेर लेखेको र उनलाई सदस्यता नदिएको प्रतिकृया दिए ।

बैंक स्टेटमेन्ट र नयाँ सदस्यता वितरण विचको अन्तर सम्बन्ध जान्न निक्कै ईक्षा भयो र त्यसबारे सोध्दा शाखा अनुत्तरित हुदै कार्यसमितिको निर्णय भन्दै पन्छिन खोज्यो । आखिर बैंक स्टेटमेन्ट नहुदा वा हुदा समेत ति आवेदन दिएका पत्रकारहरु कसरी योग्य वा अयोग्य त ? पत्रकार हुनलाई चाहिने योग्यता र सदस्य हुनलाई चाहिने योग्यतासंगैको आवेदकले काम गर्दै आएको मिडियाको परिचयपत्र, नियुक्तीपत्र वा अन्य केहि सपोर्टिंग कागजात पर्याप्त हुनु पर्ने ठाउमा उनले बैंकको माध्यमले तलब पाए वा नपाएको बैंक स्टेटमेन्ट सदस्यता दिनकै लागि वाधक बन्नु अकल्पनिय विषय हो जस्तो अधिकांशलाई लाग्नु पर्ने हो तर सो वारे समयमै पत्रकारका नेताहरुबाट समेत पहल नभएको देखियो । मेरो बुझाईमा पत्रकार महासंघले पत्रकारको हक अधिकार प्रवर्धन गर्न मुल ध्येय, लक्ष्य र दायित्व हुनु पर्ने हो । तर सदस्यता दिनै वेला उनीहरुसंग पत्रकार महासंघबाटै अधिकार हनन हुनु दुखद हो । कहि नभएको जात्रा महोत्तरी शाखामा भएको देख्दा दुःख लाग्नु स्वभाविक हो ।

जिल्लामा पत्रकारिता क्षेत्रमा नाम नै चलेका पत्रकारहरु यस वर्ष सदस्यता पाउन सकेनन । कागजी कारणमा बैंक स्टेटमेन्ट नै मुल देखियो भने आन्तरिक कारण निश्चय पनि अन्य हुनु पर्ने हो । तर यस्तो भने यसै वर्ष भएको होईन । विगतको वर्षहरुमा समेत सकृय पत्रकारहरु सदस्यता लिनबाट बन्चित हुदै आएको उदाहरणहरु समेत प्रसस्त छन । अहिलेका महासंघका सदस्य र समितिमै समेत रहिसकेका पत्रकारहरु आफुले सदस्यता पाउन योग्यता पुगेपनि लामो समयसम्म प्रतिक्षा गर्नु परेको र कतिले अन्यत्रबाट नै सदस्यता लिएको समेत अनुभव सुनाउछन तर ति अनुभव वा सदस्यता लिनकै लागि दुःख वर्तमान समयमा नयाँ पुस्तालाई दिन जरुरी छ र ? तपाईले सदस्यता पाउदा भोगेको कष्टको बदला स्वरुप वर्तमान पुस्ताले समेत कष्ट भोग्नु पर्ने हो त ?

सदस्यता लिनलाई बैंक स्टेटमेन्ट पेश भएकोमा समेत धेरैले खातामा कुनै मिडियाको नामबाट पैसा हाल्ने,स्टेटमेन्ट प्रिन्ट गर्ने र फेरी सोहि रकम अन्य आवेदकको खातामा हालेर प्रिन्ट गरेर पैसा झिकेको समेत महोत्तरीमै उदाहरण छन । महोत्तरी शाखाले वैंक स्टेटमेन्टलाई बाध्यकारी कागजको रुपमा राख्दा संचारकर्मीहरुले समेत कागजी प्रकृया पुर्याएको देखियो । कागजमा यो प्रकृयाले पुर्याएको तर ति पत्रकार सकृय पत्रकारिता गर्दै आएको बुझ्दा बुझ्दै शाखाले त्यही कागजलाई नै महत्व दिए र केहि साथीले सदस्यता पाए । तर केहि साथीले वास्तवमै आफ्नो मिडियाबाट पैसा आएको स्टेटमेन्ट नै पेश समेत गरे ।

आँखाले देखेको र संगै रिपोर्टिंग समेत गरिसकेको महासंघका पदाधिकारीहरुले भने अन्धो कानुन जस्तो आँखामा पट्टी बाँधेर कागजमात्रै हेर्नु दुर्भाग्य हो । त्यहा पत्रकारको शैक्षिक योग्यता,उसको पत्रकारिताको पढाई वा तालिम,अनुभव,लेख्न क्षमता आदी आदी हेर्नु पर्नेमा ति सवै कागजातलाई वेवास्ता गर्दै बैंक स्टेटमेन्टलाई मात्र प्राथमिकतामा राख्नु र कृयाशिल पत्रकारलाई महासंघको सदस्यताबाट बन्चित गराउनु निश्चय पनि महोत्तरीको पत्रकारिताको ईतिहासमा उपहासको कथा हुनेछ ।

निश्चय पनि कुनै कार्यमा नियत सफा भए त्यसको परिणाम पनि सकारात्मक आउने हो तर गलत नियतले चालेको कदमको परिणाम गलत आउनेमा दुईमत नहोला । तपाईको सदस्यताको आवेदन रिजेक्ट भएको र यो कारणले रिजेक्ट भएकोसम्म सुचना वा जानकारी आवेदकहरुलाई नगराउनु तथा डेलिगेशन आएर दवाव दिएपछिमात्र कारण खोल्नु र त्यतीवेलासम्म सदस्यता आउछ भनेर आश्वासन बाड्नु निर्लज्जताको र गलत मनसायको पराकाष्टा हो ।

यो मेरो मानिस, त्यो उसको मानिस, यो मेरो मतदाता,त्यो उसको मतादाता,यो मेरो पार्टीको त्यो अर्को पार्टीको, यो मेरो हितैसी, त्यो मेरो वैरी भनेर सदस्यता वितरण भैरहेसम्म महोत्तरीको पत्रकारितामा क्रान्ति आउनै नसक्ने बुझाई निर्णायक स्थानमा वसेकोहरुले बुझ्नु जरुरी छ । पत्रकार महासंघ हामी सवैको साझा र आफ्नो छाता संगठन होस । महासंघ भित्र पत्रकारको प्रवद्र्धन र अधिकारकै लागि हातेमालो होस भन्ने शुभेक्क्षा सहित विदा ।

Related

Tags: रञ्जन भण्डारी
नयाँ समाचार

इजिप्टमा रेल दुर्घटना : ३२ जनाको मृत्यु, १६५ जना घाइते

अर्को समाचार

मोदीको भ्रमणको विरोधमा उग्र प्रदर्शन, ५ जना मारिए

तपाईको प्रतिक्रिया

ताजा समाचार

कोरोना परीक्षण नै नगरी रिपोर्ट दिने महोत्तरी र सप्तरीसहितका ८ जना पक्राउ

4 hours पहिले

प्रदेश २ मा भोलि सार्वजनिक विदा

8 hours पहिले

भयावह रुप लिँदै कोरोना : मंगलबार १,७३६ संक्रमित थपिए, ११ जनाको मृत्यु

8 hours पहिले

संसद सदस्यबाट कारवाही किन नगर्ने भन्दै एमालेले ३२ जनालाई सोध्यो स्पष्टीकरण (सूचीसहित)

12 hours पहिले

महोत्तरीमा वैशाखमै खानेपानीको हाहाकार !

14 hours पहिले

बिरामीमा कोरोना पुष्टि भएपछि सिरहा अस्पतालको सेवा बन्द

16 hours पहिले


जनकपुरधाम, प्रदेश – २ (नेपाल)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: todaykhoj@gmail.com
इमेल: jsynews@gmail.com

हाम्रो टीम

सम्पादकः -सन्तोष कुमार यादव
सम्पर्क नं. :९८५२८३४८३४
सह-सम्पादक : जयनाथ यादव
संवाददाता : सिबेन्द्र रोहिता
कुलदीप दास (प्रेम)
न्युज डेस्क : सुनिल साह

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार