• गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार
No Result
View All Result
  • गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार
No Result
View All Result
Today Khoj
No Result
View All Result

सप्तरी प्रिमियर लिगको उपाधि बजाज खडक वारियर्सद्धारा कब्जा

टुडे खोज लेखक टुडे खोज
चैत्र १४, २०७७, ४:२८ PM
0
सप्तरी प्रिमियर लिगको उपाधि बजाज खडक वारियर्सद्धारा कब्जा
  • 148
    Shares

सप्तरी : विवेक यादव कप्तानीको बजाज खडक वारियर्सले तेश्रो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधि जितेको छ ।

राज रंगशालामा सम्पन्न फाइनलमा वारियर्सले कुशल भुर्तेल कप्तानीको रुपनी राईडर्सलाई १ रनले पराजित गर्यो ।

बजाज खडक वारियर्सले दिएको १४७ रनको लक्ष्य पछ्याउने क्रममा रुपनी राईडर्सले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १४५ रन बनाउन सक्यो । रुपनी राईडर्सको लागि निरज मुखियाले अविजित ५२ रन बनाए जुन क्रममा ३१ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। सुनिल धमलाले २३ रन, अमित यादवले १९ रन तथा कुशल भुर्तेलले १५ रन बनाए।

बजाज खडक वारियर्सको बलिंगमा अनिल खरेल र गोमानंद अमात्यले समान ३ विकेट लिए। खरेलले ४ ओभरमा १ मेडन ओभर गर्दै १० रन तथा अमात्यले ४ ओभरमा १८ रन खर्चिए। भुलावन सहानिले २ विकेट तथा पवन सर्राफले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा ६ विकेट क्षेतीमा १४६ रन बनाएको थियो ।

वारियर्सको लागि ओपनर निरज यादवले सर्वाधिक ५१ रन बनाए जुन क्रममा ५० बलमा ४ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर अनिल शाहले २९ रन, कप्तान विवेक यादवले २२ रन तथा भुलावन सहानीले अविजित १३ रन बनाए।

पहिलो विकेटको लागि अनिल र निरजले ५८ रनको साझेदारी गरेका थिए।

रुपनी राईडर्सको बलिंगमा दायाँ हाते फास्ट बलर अनिल यादवले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३४ रन खर्चिए। सुनिल धमला र कुशल भुर्तेलले समान १ विकेट लिए।

उपाधि सहित बजाज खडक वारियर्सले ३ लाख रुपैयाँ हात पार्यो। यस्तै रुपनी राईडर्सले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो।

प्रतियोगिताकै उत्कृस्ट खेलाडी बजाज खडक वारियर्सका अनिल कुमार शाह चुनिए जसले २५ हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगितामा अनिलले २ वटा शतक र एउटा अर्धशतक प्रहार गर्दै ५ खेलमा कुल ३३४ रन बनाए। प्रतियोगिताकै उत्कृस्ट बलर बिशाल सुश्लिंग र उत्कृस्ट ब्याट्सम्यान अनिल शाह चुनिए जसले रु। १५ हजार प्राप्त गरे। विशालले प्रतियोगितामा ४ खेलमा ९ विकेट लिए।

विजेता खेलाडीहरुलाई राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह, रुपनी गाउँपालिकाका वडाध्यक्ष पिताम्बर यादव, राजविराज नगरपालिकाका वडाध्यक्ष जयनारायण मण्डल, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठ, क्रिकेट विकास प्रतिष्ठानका अध्यक्ष इन्द्रनरायण देव लगायत अतिथिहरुले पुरस्कार वितरण गर्नुभएको थियो ।

Related

Tags: सप्तरी प्रिमियर लिग
नयाँ समाचार

काठमाडौंमा घातक प्रदूषण, सवारी साधन नचलाउन आग्रह

अर्को समाचार

औरहीमा जोगिरा गायन प्रतियोगिता : चक्करका होरैया समूह उत्कृष्ट

तपाईको प्रतिक्रिया

ताजा समाचार

कोरोना परीक्षण नै नगरी रिपोर्ट दिने महोत्तरी र सप्तरीसहितका ८ जना पक्राउ

4 hours पहिले

प्रदेश २ मा भोलि सार्वजनिक विदा

7 hours पहिले

भयावह रुप लिँदै कोरोना : मंगलबार १,७३६ संक्रमित थपिए, ११ जनाको मृत्यु

7 hours पहिले

संसद सदस्यबाट कारवाही किन नगर्ने भन्दै एमालेले ३२ जनालाई सोध्यो स्पष्टीकरण (सूचीसहित)

12 hours पहिले

महोत्तरीमा वैशाखमै खानेपानीको हाहाकार !

14 hours पहिले

बिरामीमा कोरोना पुष्टि भएपछि सिरहा अस्पतालको सेवा बन्द

16 hours पहिले


जनकपुरधाम, प्रदेश – २ (नेपाल)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: todaykhoj@gmail.com
इमेल: jsynews@gmail.com

हाम्रो टीम

सम्पादकः -सन्तोष कुमार यादव
सम्पर्क नं. :९८५२८३४८३४
सह-सम्पादक : जयनाथ यादव
संवाददाता : सिबेन्द्र रोहिता
कुलदीप दास (प्रेम)
न्युज डेस्क : सुनिल साह

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार