• गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार
No Result
View All Result
  • गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार
No Result
View All Result
Today Khoj
No Result
View All Result

रामचन्द्रसँगको भेटमा महन्थले भने- कसलाई समर्थन दिनेबारे निर्णय लिएको छैन

टुडे खोज लेखक टुडे खोज
चैत्र २२, २०७७, ४:०९ PM
0
रामचन्द्रसँगको भेटमा महन्थले भने- कसलाई समर्थन दिनेबारे निर्णय लिएको छैन
  • 191
    Shares

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरसँग आज भेटवार्ता गरेका छन् । पौडेल ठाकुरलाई भेट्न आज उनकै निवास कौशलटार पुगेका हुन् ।

भेटमा वरिष्ठ नेता पौडेलले कामचलाउ बनिसकेको केपी शर्मा ओलीको सरकार विस्थापनका लागि जसपा निर्णयक भूमिकामा रहेको भन्दै ठाकुरलाई महत्वपूर्ण भूमिकाका लागि अग्रह गरेका थिए । जवाफमा ठाकुरले आफूहरुले मधेसका माग सम्बोधन गराउने विषयमा मात्र वार्ता गरिरहेको भन्दै प्रधानमन्त्री ओली वा अरु कसैको सरकारलाई समर्थन दिने विषयमा जसपा निर्णयमा पुगिनसकेको बताएका थिए ।

‘सरकारको विकल्प दिने विषयमा साझा धारणा बनाऊँ भनेर वरिष्ठ नेताले ठाकुरजीसँग भेटवार्ता गर्नुभएको हो’, पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले भने, ‘उहाँहरु पहिले सँगै काम गरेका नेता भएका कारण उहाँहरुबीच भलाकुसारी समेत भएको थियो ।’

स्वकीय सचिव अधिकारीका अनुसार पौडेलले प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओली सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिसकेपछि पनि त्यही पदमा बस्नु अनैतिक हुने भन्दै त्यस्तो अनैतिक सरकारको विकल्प खोज्नु लोकतन्त्रवादीको कर्तव्य भएको बताएका थिए । उनले अनैतिक सरकारबाट लोकतन्त्र र व्यवस्था दुवैमाथि खतरा बढेको भन्दै जनताका प्रतिनिधिले बनाएको संविधान जोगाउन पनि लोकतन्त्र र संविधानका पक्षधरहरु एकजुट हुनपर्ने बताएका थिए ।

ठाकुरले आफूलाई लोकतन्त्रको चिन्ता भएको भन्दै सँगसँगै मधेसीका अधिकार सुनिश्चित गर्ने कुरामा अन्य दलको भूमिका खोजी रहेको बताएका थिए । भेटमा ठाकुरले नयाँ सत्ता समीकरणको सरकारको नेतृत्वबारे तीन दलबीच छलफल र संवाद आवश्यक रहेको औंल्याएका थिए ।

Related

Tags: रामचन्द्र र महन्थ
नयाँ समाचार

सिरहाकी जानकीदेवी रामले लिइन् सांसदको शपथ

अर्को समाचार

बारामा मन्त्री सोनलद्वारा प्रदेशकै पहिलो दलित विद्यालय शिलान्यास

तपाईको प्रतिक्रिया

ताजा समाचार

कोरोना परीक्षण नै नगरी रिपोर्ट दिने महोत्तरी र सप्तरीसहितका ८ जना पक्राउ

4 hours पहिले

प्रदेश २ मा भोलि सार्वजनिक विदा

7 hours पहिले

भयावह रुप लिँदै कोरोना : मंगलबार १,७३६ संक्रमित थपिए, ११ जनाको मृत्यु

7 hours पहिले

संसद सदस्यबाट कारवाही किन नगर्ने भन्दै एमालेले ३२ जनालाई सोध्यो स्पष्टीकरण (सूचीसहित)

12 hours पहिले

महोत्तरीमा वैशाखमै खानेपानीको हाहाकार !

14 hours पहिले

बिरामीमा कोरोना पुष्टि भएपछि सिरहा अस्पतालको सेवा बन्द

16 hours पहिले


जनकपुरधाम, प्रदेश – २ (नेपाल)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: todaykhoj@gmail.com
इमेल: jsynews@gmail.com

हाम्रो टीम

सम्पादकः -सन्तोष कुमार यादव
सम्पर्क नं. :९८५२८३४८३४
सह-सम्पादक : जयनाथ यादव
संवाददाता : सिबेन्द्र रोहिता
कुलदीप दास (प्रेम)
न्युज डेस्क : सुनिल साह

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार