यो उमेरमा अलपत्र पर्नु भाको बुवालाई परिवार सम्म पुर्याउन सक्दो सेयर गरौँ !

काठमाडौ, १८ असार ।यहि असार १४ गतेका दिन योगीकुटी सङ्कर नगर खानेपानी टेङ्की अगाडी आएर अलपत्र पर्नु भाको बुवा तपाईं हरुको आफ्नै सम्झेर उहाँ लाइ चिन्नु हुने ले आफन्त लाइ जानकारी गराइ दिनुहुन अनुरोध गर्द्छु । तपाइले चिन्नु हुन्छ भने यो ९८४७५९४०२८ नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ । कसैले कही देख्नुभएको छ भने खबर गरिदिनुहोला । चिन्नेसम्म पुर्याउन सेयर गरौँ । तपाईको एक सेयरले कसैको घरमा उडेको खुशी फर्किनेछ । यो उमेरमा दुख पाई रहनुभएका बुबाले साथ पाउँनुहुनेछ ।

यता बालबालिका हराउनेपनि नेपालका लागि निक्कै ठूलो समस्याको रुपमा देखिएको छ । आर्थिक स्थिति कमजोर भएका कारण देशभरका ७ हजार भन्दा बढी बालबालिका वेपत्ता भएका छन् । पछिल्लो तथ्यांकअनुसार मुलुकभरबाट ७ हजार २ सय ९१ बालबालिका हराएका छन् । केन्द्रीय वालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालका अनुसार बालबालिका तथा किशोरकिशोरीलाई मानव तस्करले यौन शोषणमा समेत बाध्य पार्ने गरेको यसअघिका थुप्रै अनुसन्धानबाट खुलिसकेको छ । “यसबाहेक घरेलु कामदार, प्रलोभन-उक्साहट तथा प्रतिशोधका कारण घरबाट हिँडेका बालबालिका फिर्ता नभएको देखिन्छ,” उनले भने ।

बालबालिका हराउँदा सूचना दिने तर फेला परेको जानकारी नगराउँदा समेत बेपत्ता संख्यामा वृद्धि भएको उनले आशंका गरे । २ वर्षअघि गएको भूकम्पका कारण घरवारबिहीन भएका बालबालिका मानव तस्करको तारो बन्ने गरेको पाइएको छ । हराएका बालबालिका तथा किशोर÷किशोरीमध्ये धेरैजसोलाई गैरकानुनी रूपमा स्थलमार्ग हुदै भारत पु¥याइएको हुनसक्ने सरकारी अधिकारीहरूले आशंका गरेका छन् ।

नेपाल प्रहरी र केन्द्रीय वालकल्याण समितिका अनुसार पछिल्लो ५ वर्ष मा हराएका तथा बेवारिसे बनेका ३ हजार ९ सय ६२ बालबालिकालाई उद्धार गरिएको छ । चालू आवको ८ महिनामा अहिलेसम्मकै सबैभन्दा बढी १ हजार ७ सय ६४ जना बालबालिका बेपत्ता छन् ।

विद्यालय तथा घरमा यौन हिंसाजन्य गतिविधि बढ्दा समेत बालबालिका घरछोडेर जानसक्ने सम्भावना औंल्याउँदै सरकारले त्यसलाई सम्बोधन गर्न देशभरका विद्यालयमा यौनहिंसा तथा अन्य शोषणको गोप्य उजुरीको व्यवस्था गरेको छ ।

त्यसका लागि शिक्षा मन्त्रालयले ‘गुनासो सुनुवाई कार्यविधि २०७३’ कार्यान्वयनमा ल्याएको छ । धितालले वेपत्ता बालवालिकाको संख्या बर्सेनि वढ्दो क्रममा रहेको बताए । नेपाल–भारत खुल्ला सीमानाका कारण धेरैजसो बालबालिका स्थलमार्ग हुँदै भारततर्फ गएको हुनसक्ने धितालले बताए । मानव तस्करहरूले हराएका बालबालिकालाई यौन शोषणमा समेत जबर्जस्ती बाध्य पार्ने गरेको उनले बताए ।

प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालले सही वा गलत भन्ने पहिचान गर्नसक्ने क्षमताको विकास भइनसकेका सन्तानप्रति अभिभावक गम्भीर बन्न नसक्दा बालबालिकाविरुद्धको अपराध नियन्त्रणमा चुनौति थपिएको बताए ।

“बालबालिका तथा किशोर÷किशोरीको लालनपालन तथा शिक्षादीक्षामा अभिभावक गम्भीर बन्न जरुरी छ,” खनालले भने, “यसबाहेक अपरिचितबाट आउने प्रलोभन, गरिबी, अभाव, उत्तेजना, आवेग, देखासिकी लगायतका कारण पनि बालबालिका वेपत्ता हुने गरेको देखिन्छ ।”

अविभावकले उजुरी दिएकामध्ये अधिकांश बालबालिकाको खोजतलास तथा उद्धारमा प्रहरी सफल भएको खनालको भनाइ छ । उजुरी नदिएसम्म वेपत्ता बालबालिकाको खोजतलास तथा उद्धरमा समस्या प्रहरी अधिकारीहरू बताउँछन्

प्रकाशित : 3 July 2019 6:02 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !