Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

प्रदेश २ को नाम मधेश नै हुन्छ : अध्यक्ष यादव

टुडे खोज लेखक टुडे खोज
भदौ १२, २०७६, ३:०५ AM
0
प्रदेश २ को नाम मधेश नै हुन्छ : अध्यक्ष यादव

बीरगंज, १२ भदौं । प्रदेश २ को नामांकरण र स्थायी राजधानी तोक्ने प्रकृया शुरु भएको छ । यो प्रकृया शुरु भएसँगै प्रदेशको नाम र स्थायी राजधानीका लागि बहस पनि प्रारम्भ भएको हो ।

यही बहसकाबीच समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले प्रदेशको नाम ‘मधेश’ नै तोकिने बताएका छन् । संघीय सरकारका उप–प्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका यादव भन्छन्, ‘यो प्रदेशको नाम छिट्टै मधेश नै घोषणा हुन्छ ।’

समाजवादी पार्टीले बुधबार बीरगंजमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यादवले यो प्रदेशको नाम मधेश हुने दावी गरे । ‘म विश्वस्त छु यो प्रदेशको नाम मधेश नै घोषणा हुन्छ,’ उनले भने ।

कार्यक्रममा सहभागी भएका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीतर्फ हेर्दै यादवले प्रदेश नम्बर २ को नाम ‘मधेश’ प्रदेश छिटै सुन्न पाउने आशा व्यक्त गरेको बताए ।

प्रदेश २ को नामांकरणका लागि चार वटा नाम प्रस्ताव भएको छ । स्थायी राजधानी तोक्ने चार वटा ठाउँको बारेमा पनि प्रस्ताव प्रदेशसभा सचिवालयमा पेश भएको छ । सत्तासिन समाजवादी–राजपाले संयुक्त रुपमै प्रस्ताव दर्ता गराउँदै प्रदेशको नाम ‘मधेश’ प्रस्ताव गरेको छ ।

प्रमुख प्रतिपक्षी नेकपाले जानकी र कांग्रेसले मिथिला–भोजपुरा राख्नुपर्ने प्रस्ताव पेश गरेको छ । कांग्रेसका केहि सांसदले प्रदेशको नाम मध्य मधेश राख्नुपर्ने भन्दै प्रस्ताव दर्ता गराएका छन् । कांग्रेसका सांसद राजेश्वर प्रसाद साहले प्रदेशको नाम मध्य मधेश राख्नुपर्ने प्रस्ताव पेश गरेका छन् ।

यद्यपी प्रदेश २ को नामांकरण र स्थायी राजधानी तोक्ने बिषय तत्काल लम्बिने भएको छ । प्रदेश सभा सचिवालयले गत शनिबार बैठक आह्वान गरेपनि बैठक बस्दै नबसी अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित भएपछि यो प्रकृया लम्बिने भएको हो ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले प्रदेश २ मा बिद्यमान रहेको गरिबी,बेरोजगारी र समाजिक बिकृतिलाई निर्मुल गरेपछि मात्र संघीयता र गणतन्त्र बलियो हुने समेत बताए । शोषित उपेक्षित र राज्यबाट दबाइएका पिछडा बर्गको उत्थानले मात्र लोकतन्त्र बलियो हुने उनको भनाई छ ।

सम्बन्धित समाचार

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

राष्ट्रिय संकटको पूर्व संकेतहरु देखिन थाल्यो : जसपा नेता मण्डल

राष्ट्रिय संकटको पूर्व संकेतहरु देखिन थाल्यो : जसपा नेता मण्डल

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै, सरकारबारे निर्णय लिने !

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै, सरकारबारे निर्णय लिने !

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा गठबन्धनको प्यानलै विजयी

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा गठबन्धनको प्यानलै विजयी

जसपा नेता सुरेन्द्र यादव भन्छन्- कांग्रेसले अन्तिमसम्म झुटो आश्वासन दिएर अल्झायो

जसपा विधान अधिवेशन समितिको बैठक बस्दै

ताजा समाचार

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध