जनकपुरमा तनाव ! प्रहरी विरुद्ध टायर बालेर प्रदर्शन


जनकपुरधाम, १२ भदौं । जनकपुरस्थित जानकी मन्दिरको उत्तरपट्टी आज स्थानीय र व्यापारीले टायर बालेर प्रदर्शन गरेको छ । प्रहरीले नारिवल बेच्ने व्यापारीलाई कुटेको विरोधमा प्रदर्शन गरिएको हो ।

नरिवल बेचेर गुजारा गर्ने १६ वर्षीय रोशन चौधरीलाई जानकी मन्दिर परिसरका पर्यटक प्रहरी जवान प्रेमशंकर यादवले कुटपिट गरेका थिए । पछि उनलाई जानकी चौकी लगेपछि स्थानीय यूवा सुशिल कर्ण त्यहाँ पुगेर किन कुटेको भन्दै प्रहरीलाई प्रश्न गरेपछि उनलाई पनि कुटेका छन् । जसका कारण स्थानीय यूवाहरु र व्यापारी प्रहरीमाथि आक्रोशित बनेर प्रदर्शन गरेका छन् ।

चौधरीसँग प्रहरी जवान यादबले रकम माँगेका थिए । तर मागेजति नदिएपछि उनलाई कुटपिट गरेको बताइएको आरोप पीडितले लगाएको छ । कुटपिट गरेको घटना बुझ्न जाँदा आफूलाई ७÷८ जना प्रहरीले मिलेर कुटपिट गरेको बताए । उनको भेष्ट समेत प्रहरीले च्यातिदिएको छ ।

कुटपिट गर्ने प्रहरीमाथि कारबाही गर्न स्थानीय यूवा र व्यापारीहरु माग गरेका छन् । टायर बालेर प्रदर्शन गर्दा सडक समेत घण्टौंसम्म अवरुद्ध भएको छ ।

प्रकाशित : २०७६ भाद्र १२, बिहीबार ११:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ