Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

बलात्कारका घटना रोक्न रणनीति तयार गरिँदै

टुडे खोज लेखक टुडे खोज
भदौ १८, २०७६, ५:१३ AM
0
बलात्कारका घटना रोक्न रणनीति तयार गरिँदै

विरगंज, १८ भदौ । कडा कानूनी व्यवस्थाका बाबजुद पनि प्रदेश नं २ मा बलात्कारजस्ता जघन्य घटनामा ६० प्रतिशतले वृद्धि भएपछि यसलाई न्यूनीकरण गर्न प्रदेश सरकारले कडा सुरक्षा रणनीति तयार गर्न थालेको छ । मुलुकी अपराध संहितासम्बन्धी कानूनमा जबर्जस्ती करणीलाई जघन्य अपराध माने पनि पछिल्लो समयमा प्रदेश नं २ मा बलात्कारका घटना बढ्न गएकाले यस्तो रणनीति तयार गर्न लागेको हो ।

सो जघन्य अपराध गर्ने अभियुक्तलाई कम्तीमा सात वर्ष र बढीमा २० वर्षसम्मको सजाय हुने कानूनी व्यवस्था गरिएको छ भने अर्कोतिर श्रीमान्ले श्रीमतीको मञ्जुरीबेगर जबर्जस्ती शारीरिक सम्बन्ध राखे वैवाहिक बलात्कार हुने र मुलुकी अपराध संहितामा यस्तो घटनामा श्रीमान्लाई पाँच वर्षको कैद सजायको व्यवस्था गरिएको छ ।

“प्रदेश नं २ मा बलात्कारजस्ता जघन्य अपराध बढ्दै जानु प्रदेश सरकारका लागि चिन्ता तथा चुनौतीको विषय हो”, प्रदेश नं २ का आर्थिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले राससलाई भन्नुभयो । लागुऔषध सेवनकर्ता र दुव्र्यसनीको सङ्ख्या बढ्दै गएका कारण दण्डहीनताले प्रश्रय पाएपछि बलात्कारको घटना बढेर गएको छ ।

“प्रदेश नं २ मा बढ्दै गएको बलात्कारजस्ता जघन्य अपराधलाई न्यूनीकरण गर्न सुरक्षा रणनीति बनाएर अघि बढ्ने प्रदेश सरकारको सोच रहेको छ”, प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री यादवले भन्नुभयो । प्रदेश सरकारले दुव्र्यसनीमुक्त समाजको स्थापना गरी आउँदो आर्थिक वर्षसम्म यस्ता घटनामाथि नियन्त्रण गर्ने बताउनुभयो ।

प्रदेश नं २ प्रदेश प्रहरी कार्यालय जनकपुरले उपलब्ध गराएको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०७४÷७५ भन्दा आव २०७५÷७६ मा बलात्कारका घटना १२९ ले बढेको छ । आव २०७४÷७५ मा १७० बलात्कारका घटना घटेको थिए भने आव २०७५÷७६ मा यो सङ्ख्या बढेर २९९ पुगेको छ । यसरी हेर्दा प्रदेश नं २ मा बलात्कारका घटना ६० प्रतिशतले बढेका छन् ।

प्रदेश नं २ मा भएका बलात्कारको घटनामध्ये तीन जनाको बलात्कार गरी हत्या गरिएको थियो । बलात्कारको सिकार हुनेमा खासगरी सात वर्षीया बालिकादेखि ५० वर्षीया वृद्धासम्म रहेका प्रदेश प्रहरी कार्यालयले जनाएको छ । अघिल्लो वर्ष देशभरिमा एक हजार ४८० को बलात्कार भएको थियो भने देशभरिमा प्रत्येक दिन चार महिला कुनै न कुनै रुपमा बलात्कारको सिकार हुने गरेका तथ्याङ्कले देखाएको छ ।

बलात्कारजस्ता घटना लुकाउन पीडितले आर्थिक लेनदेन, लोकलाज र धम्कीका कारण लुकाउने गरेकाले अपराधीको मनोबल बढ्न गएकाले बलात्कारका घटना बढ्दै गएका प्रहरीको ठम्याइ छ । प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ९डिआइजी० प्रद्युम्नकुमार कार्कीले विद्यमान रहेको कानूनको कडारूपमा पालना हुननसकेकाले यस क्षेत्रमा बलात्कारका घटनाले प्रश्रय पाएको बताउनुभयो ।

“अधिकांश घटना छरछिमेकी, परिवारबाट नै घट्ने गरेका र अभिभावकको लापरवाही र जनचेतनाको अभावका कारण यस्ता घटना लुकाउने प्रवृत्तिले यसलाई नियन्त्रण गर्न चुनौती थपिएको छ”, उहाँले भन्नुभयो, “यस्ता घटनाबारे पीडित खुलेर प्रहरीकहाँ आउन नसकेका, अपराधी बढी आफन्त नै भएकाले कारवाहीको दायरामा आउन नसकेका, घटना गाउँघरमै मिलाउने गरेकाले यस्ता घटना हुन नदिन समाज, विद्यालय र क्याम्पसमा जनचेतनामूलक कार्यक्रम गरिएको छ ।”

नायब महानिरीक्षक कार्कीले यस्ता जघन्य अपराधलाई प्रहरी चौकीमै मिलापत्र गराउनु, दुवै पक्षबीच मेलमिलाप नगर्न÷नगराउन मातहतका प्रहरी कार्यालयलाई निर्देशनसमेत दिएको बताउनुभयो । बलात्कारका घटना बढ्नुको प्रमुख कारण मादक पदार्थ सेवकर्ताको सङ्ख्या बढ्नुले नै बलात्कारका घटना बढेकाले मादक पदार्थमुक्त प्रदेश बनाउनुपर्नेमा जोड दिँदै महिला अधिकारकर्मी मुन्नीदेवी दासले यस्ता घटनाका अपराधीलाई राजनीतिक संरक्षण प्राप्त भएकाले अपराधीको मनोबल बढ्न गएको बताउनुभयो ।

प्रदेश नं २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र भmाले नयाँ मुलुकी ऐनको फौजदारी सङ्घीयतामा बलात्कारीलाई आजीवन कारावासको व्यवस्था भएकाले त्यसलाई कार्यान्वयन गर्न प्रदेश सरकार प्रयास गरिरहेको बताउनुभयो । उहाँले उक्त कानूनलाई कार्यान्वयन गर्न प्रदेश सरकारले प्रहरी र सरकारी वकिल कार्यालयलाई समेत निर्देशन दिइसकेको बताउनुभयो ।

सम्बन्धित समाचार

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

बरियारपट्टीमा आजबाट महायज्ञ, प्रधानमन्त्रीलाई ल्याउने सुरेशचन्द्र दासको हल्ला झूठो !

बरियारपट्टीमा आजबाट महायज्ञ, प्रधानमन्त्रीलाई ल्याउने सुरेशचन्द्र दासको हल्ला झूठो !

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

मधेसमा अख्तियारकै अधिकृत असुली धन्दा चलाएको खुलासा

घुस लिएको आरोपमा सहायक वन अधिकृत यादव निलम्बनमा परे

भोलि देशभरका अस्पतालमा सेवा बन्द हुने, यस्तो छ कारण

जनकपुर प्रादेशिक अस्पतालका मेसु डा. यादव मन्त्रालय तानिए

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

ताजा समाचार

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध