Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

एटीएम ह्‍याक गर्ने मास्टरमाइन्ड खोज्दै प्रहरी, फरार ह्‍याकर खोज्‍न इन्टरपोेललाई पत्राचार

टुडे खोज लेखक टुडे खोज
भदौ १८, २०७६, १२:५३ PM
0
एटीएम ह्‍याक गर्ने मास्टरमाइन्ड खोज्दै प्रहरी, फरार ह्‍याकर खोज्‍न इन्टरपोेललाई पत्राचार

काठमाडौं, १८ भदौं : नेपालमा एटीएम बुथ ह्‍याक गर्ने कार्यमा संलग्न फरार दुई चिनियाँ नागरिकको खोजीका लागि नेपाल प्रहरीले इन्टरपोललाई पत्राचार गरेको छ । आठ जनाको समूहमा रहेको चिनियाँ ह्‍याकरको समूहमध्ये ६ जना पक्राउ परिसकेका छन् भने दुई जना फरार भएका थिए ।

शुक्रबारबाट नेपाल आएर सोमबार नै चीन फर्किने योजना बनाएको ह्‍याकर समूहका पाँचजना शनिबार पक्राउ परेका थिए । एकजना भाग्दाभाग्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार राति पक्राउ परेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीका अनुसार समूहका फरार दुईजनाको खोजीका लागि इन्टरपोललाई पत्र पठाइएको छ ।

बोगटीका अनुसार प्रहरीले उनीहरुको खोजी तीव्र पारेको छ । यसअघि प्रहरीले ह्याकिङमा संलग्न भएको आरोपमा चिनियाँ मूलका फ्रान्सेली नागरिक छु लुई, चिनियाँ नागरिक लिन जैनमेङ, लिओ जाइलेइ, सु लायङगाङ, क्यु युनक्विङ, चेन बिनबिनलाई पक्राउ गरिसकेको छ । यस्तै मनी एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने, रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दवाडी पक्राउ परेका छन् ।

उनीहरुले डलर साटेर सहयोग गरेका थिए । एक प्रहरी अधिकारीका अनुसार फरार रहेका दुईजना चिनियाँ नागरिक दरबारमार्ग हुँदै केशरमहलसम्म पुगेको सिसी टिभी फुटेजमा देखिए पनि त्यसपछि कहाँ गए भन्ने देखिएको छैन । उनीहरु रसुवा हुँदै चीन भागेको हुनसक्ने आशंका पनि प्रहरी अधिकारीले गर्दै आएका छन् । एक अधिकारीले भने, ‘‘उनीहरु अब नेपालको विमानस्थल प्रयोग गरेर जाने अवस्था छैन । यस्तोमा या त उनीहरु काठमाडौं भित्रै लुकेर बसेका छन्, या रसुवा नाका प्रयोग गरेर चीन प्रवेश गरेको हुनसक्छ ।’’

को हुन् ‘मास्टरमाइन्ड’ ?

नेपालमा ह्‍याकर समूह पक्राउ परेपछि यसमा नेपाली नागरिकको समेत मिलेमतो हुनसक्ने आशंका धेरैले व्यक्त गर्दै आएका छन् । तर प्रहरीले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदी भन्छन्, ‘‘सबै तथ्यलाई सुक्ष्म रुपमा केलाएर अनुसन्धान हुँदैछ । अहिले नै नेपालीको संलग्नताको विषयमा भन्न सकिँदैन ।’’ तर बैंकर्सहरुले भने नेपालीको मिलेमतोमै ह्याकिङ भएको तर्क गर्दै आएका छन् । एक बैंकरले भने, ‘‘ह्‍याकर समूहले नेपालको सबैं बैंक प्रणाली सिस्टम, राष्ट्र बैंकको जस्तै लाग्ने इमेल प्रयोग गरेको देखिन्छ । यसका लागि नेपालीको सहयोग पक्कै चाहिन्छ ।’’ प्रहरीले अहिले नै ह्याकिङको मास्टरमाइन्ड अर्थात् मुख्य योजनाकार पहिल्याउन सकेको छैन ।

पक्राउ परेकासँगै फरार दुईजना वा अन्य कोही पनि यसको मुख्य योजनाकार हुनसक्ने प्रहरीको बुझाइ छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘‘चिनियाँ भाषाकै कारणले अनुसन्धानमा कठिनाइ भएको छ । त्यसमाथि उनीहरु साइलेन्ट बसिरहेका छन् । सबै प्रश्नको जवाफ नै दिइरहेका छैनन् । त्यसैले अनुसन्धान लम्बिने सम्भावना छ ।’’ चिनियाँ नागरिकले अंग्रेजी समेत नबुझ्ने भएकाले अनुसन्धानमा थप जटिलता थपिएको प्रहरीले बताइरहेको छ ।

चिनियाँ र फ्रेन्च नागरिकले ‘वी च्याट’मार्फत् कुराकानी गरेको पाइए पनि उनीहरुले त्यो च्याट सबै डिलिट गरेको पाइएको छ । ‘वीच्याट’ चीनको सामाजिक सञ्जाल हो । उनीहरुले वीच्याट प्रयोग गर्दै आएका छन् । त्यसैले कसको सम्बन्ध कोसँग थियो भन्ने पत्ता लगाउन समस्या भएको छ । अनुसन्धानका क्रममा प्राविधिक समस्या सुल्झाउन महानगरीय प्रहरी परिसर काठमाडौंले विज्ञ समूह उपलब्ध गराउन राष्ट्र बैंकलाई आग्रह गरेको छ । विज्ञ टोलीले ह्याकरका ल्यापटप, उनीहरुले प्रयोग गरेका डिभाइस, सफ्टवेयर लगायतको अनुसन्धानमा सघाउनेछ । विज्ञ टोली आइसकेपछि ह्याकिङबारे थप तथ्य पत्ता लाग्ने प्रहरी विश्वास छ ।


सम्बन्धित समाचार

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी

एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी

मिटर ब्याजका आरोपी चौधरीलाई महोत्तरीबाट सर्लाही लगियो

मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय

एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन

एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन

ताजा समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध