Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

भारतका एटिएमबाट पनि नेपाली बैंकको साढे ३ करोड चोरी

टुडे खोज लेखक टुडे खोज
भदौ १९, २०७६, १०:५५ AM
0
भारतका एटिएमबाट पनि नेपाली बैंकको साढे ३ करोड चोरी

काठमाडौं, १९ भदौं : ह्याकरहरुले भारतबाट पनि नेपाली बैंकिङ प्रणाली ह्याक गरी नेपाली बैंकबाट पैसा चोरेको खुलेको छ । राष्ट्र बैंकले गरेको अनुसन्धानका क्रममा भारतीय बैंकका विभिन्न एटिएम बुथ प्रयोग गरी नेपाली बैंकको रकम लुटेको खुलेको हो ।

राष्ट्र बैंकका अनुसार भारतीय एटिएमबा ६ वटा नेपाली वाणिज्य बैंकको ३ करोड ५८ लाख ८४ हजार ५ सय रुपैयाँ लुटिएको हो । राष्ट्र बैंकले कुन बैंकको कति रकम लुटिएको भनेर केही खुलाएको छैन । गत शनिबार काठमाडौंबाट पक्राउ परेका चिनियाँ ह्याकरहरुको गिरोहले नेपालका १७ वटा वाणिज्य बैंकबाट १ करोड ८९ लाख ४४ हजार ५ सय रुपैयाँ लुटेको पनि राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार नेपाली बैंकहरुले प्रयोग गरेको नेपाल इलेक्टोनिक्स पेमेन्ट सर्भिस (नेप्स) र अमेरिकी एटिएम नेटवर्क भिसा प्रणालीको बीचमा ह्याकरहरुले ‘साइबर हमला’ गरी बैंकको नगद लुटपाट गरेका हुन् । पछिल्लो ह्याकिङबारे फरेन्सिक विज्ञहरुले अध्ययन गरिरहेकाले अध्ययन सकिएपछि मात्रै सम्पूर्ण विवरण सार्वजनिक हुने राष्ट्र बैंकले जनाएको छ ।

अध्ययन समितिको प्रारम्भिक अनुसन्धानबाट भदौ १४ गते शनिवार भिसा इन्टरनेसनलसँग आवद्ध नेप्सका सदस्य बैंकका कार्ड प्रयोग गरी बिहान १० बजेदेखि अपराह्न ४ : ३५ बजेसम्म अनधिकृत रुपमा रकम चोरी भएको जनाइएको छ ।

प्रतिवेदन अनुसार नेपालबाट ७ वटा बैंकका विभिन्न कार्डहरू प्रयोग गरी १८ वटा बैंकका विभिन्न स्थानका ६८ एटीएमबाट १ करोड ८९ लाख ४४ हजार ५ सय र भारतबाट ६ वटा नेपाली बैंकका विभिन्न कार्ड प्रयोग गरी भारतका २४ बैंकका १३२ एटीएमबाट भारतीय रुपैयाँ १ करोड ५ लाख ८७ हजार २ सय रुपैयाँ रकम निकालिएको छ ।

सम्बन्धित समाचार

राहुल गान्धीको सांसद पद खारेज

राहुल गान्धीको सांसद पद खारेज

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

रोनाल्डो खानाका लागि भिख माग्थे, अहिले फुटबल खेलेरै कमाउँछन् वर्षेनी २८ अर्ब रुपैयाँ

रोनाल्डो खानाका लागि भिख माग्थे, अहिले फुटबल खेलेरै कमाउँछन् वर्षेनी २८ अर्ब रुपैयाँ

विराट कोहली र रोहित शर्मालाई पछि पारे रोहित पौडेल र आशिफ शेख

विराट कोहली र रोहित शर्मालाई पछि पारे रोहित पौडेल र आशिफ शेख

हेलिकप्टर दुर्घटनामा युक्रेनका गृहमन्त्रीसहित १६ को मृत्यु

हेलिकप्टर दुर्घटनामा युक्रेनका गृहमन्त्रीसहित १६ को मृत्यु

ताजा समाचार

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

मधेसमा अख्तियारकै अधिकृत असुली धन्दा चलाएको खुलासा

घुस लिएको आरोपमा सहायक वन अधिकृत यादव निलम्बनमा परे

राहुल गान्धीको सांसद पद खारेज

राहुल गान्धीको सांसद पद खारेज

भगवानपुरमा औषधीको हाहाकार : विरामी अस्पताल जानै छाडे, गापा अध्यक्ष यादवलाई छैन मतलव

भगवानपुरमा औषधीको हाहाकार : विरामी अस्पताल जानै छाडे, गापा अध्यक्ष यादवलाई छैन मतलव

भोलि देशभरका अस्पतालमा सेवा बन्द हुने, यस्तो छ कारण

जनकपुर प्रादेशिक अस्पतालका मेसु डा. यादव मन्त्रालय तानिए

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध