जनकपुरमा हिन्दु समुदायको आयोजनामा दाहा मेला


जनकपुरधाम, २४ भदौं । मुसलमान समुदायले मनाउने दाहा मेला जनकपुरमा हिन्दुहरुले आयोजना गरेको छ । जनकपुरधाम उपमहानगरपालिका १३ कवर्ड हलको खेल मैदानमा सोमबारबाट मेला लागेको हो । मेलाको आयोजना स्थानीय राजकुमार साहको सल्लाहमा स्थानीयले गरेको बताइएको छ ।

मेला व्यवस्थापनको जिम्मेवारी वडाध्यक्ष शुभनारायण मण्डलले पाएका हुन् । मेला भव्य र सभ्य बनाउन विभिन्न उपसमितिहरु समेत बनाएको छ । करिब १ सय १५ फिट लामो दाहा बनाएपछि सबैको आकर्षण बनेको देखिन्छ । उक्त रंगिजंगी दाहा बनाउन करिब २ महिना लागेको छ भने करिब १२ लाख खर्च भएको जनाएको छ ।

दाहा मेला मुस्लिम समुदायले मनाउने चलन छ । ईस्लाम धर्मावलम्वीले प्रवर्तक मोहम्मद पैगम्बरका नाती शहिद हजरतको सम्झनामा दाहा मेलाको आयोजना गर्ने गरेको मौलानाहरु बताउँछन् । तर यहाँ हिन्दुहरुले यो मेलाको आयोजना गरेपछि सद्भाव बढ्ने विश्वास आयोजकको छ ।

मेला भव्य बनाउन लोपोन्मुख कुस्तीसहितका विभिन्न प्रकारको खेलकूल, सांस्कृतिक कार्यक्रम, रामहिलोरा समेत मेलामा छ । सोमबारबाट सुरु भएको यो मेला एक ७ दिनसम्म लाग्नेछ ।

प्रकाशित : २०७६ भाद्र २४, मंगलवार ०६:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ