सुनको मूल्य घट्यो


काठमाडौं, २६ भदौं । बिहीबार सुनको मूल्य घटेको छ। नेपाली सुनचाँदीको बजारमा छापावाल सुन ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, तेजाबी सुन ७० हजार ५ सयमा कारोबार भइरहेको छ। चाँदी तोलामा भने ८७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार छापावाल सुन प्रतितोला ७१ हजार र तेजाबी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदी ८७० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : २०७६ भाद्र २६, बिहीबार ०६:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ