Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ | वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

महोत्तरीका मुसहर समुदाय सामूहिक खेतीतर्फ

टुडे खोज लेखक टुडे खोज
भदौ २७, २०७६, १:१८ PM
0
महोत्तरीका मुसहर समुदाय सामूहिक खेतीतर्फ

FILE : PHOTO

महोत्तरी, २७ भदौं । महोत्तरीको गौशाला नगरपालिका– ८ बेलगाछीका मुसहर समुदायका मानिस सामूहिकरुपमा तरकारीखेती गर्दै जीविकोपार्जनतर्फ लम्किँदै छन् । बेलगाछीका ६० घरपरिवारले बस्तीको छेउमा रहेको सोनी नदीको बगरको जग्गालाई उपयोग गरी सामूहिकरुपमा तरकारी खेती गर्दै आएका छन् ।

प्रायः उक्त समुदाय अरुको खेतमा मजदूरी गरी कृषि मजदूरको पहिचानको अन्त्य गरी स्वाभिमानीको पहिचान दिलाउन सामूहिकरुपमा खेतीपाती गर्दै आएको स्थानीय दुखरन सदाले बताउनुभयो । पहिले पहिले दिनभरि मजदूरी गर्ने र साँझको समयमा मदिरामा लट्ठिने मुसहर दिनभरि खेतमा काम गर्ने र साँझको समयमा परिवारसँग बिताउने गरेका बस्तीकी जागरण सदाले बताउनुभयो ।

नदी छेउको बगर जग्गामा तरकारीखेती गर्दै आएपछि बस्ती छेउमा रहेको फोहर सफा हुनुका साथै उनीहरुलाई आर्थिकरुपमा सहयोग हुँदै आएको शिक्षक रामनाथ यादवले जानकारी दिनुभयो । मुसहर समुदायका ६० घरपरिवारलाई एक÷एक कट्ठाका दरले तरकारी खेतीका लागि एकै ठाउँमा जग्गा उपलब्ध गराएर नगरपालिकाले नमूना कार्य गरेको स्थानीय अरुणकुमार महतोले प्रतिक्रिया दिनुभयो ।

स्थानीय जनजागरण कृषि समूहले उनीहरुलाई यसरी जग्गा उपलब्ध गराएर आधुनिक प्रविधि प्रयोग गरी प्राङ्गारिक खेती गराउँदै आएको महतोले जानकारी दिनुभयो । यस सम्बन्धमा समूहका अध्यक्ष एवं प्राङ्गारिक खेतीका अभियन्ता काशी महतोका अनुसार प्राङ्गारिक खेतीलाई प्रचारप्रसारको उद्देश्य हेतु उनीहरुलाई तरकारी खेतीका लागि नगरपालिकाले जग्गा उपलब्ध गराएको हो ।

सो जग्गामा विभिन्न किसिमका मौसमी तरकारीबाली आधुनिक प्रविधिको प्रयोग गरी उत्पादन गरेर नमूना कार्यको थालनी गरिएको अध्यक्ष महतोले बताउनुभयो । तत्काल आफ्नो वडामा रहेको मुसहर समुदायलाई सामूहिकरुपमा तरकारी खेती गर्नका लागि नगरपालिकाले अनुमति दिइ परीक्षणका रुपमा प्रयोगमा ल्याएको वडाध्यक्ष भोजबहादुर दर्लामीले बताउनुभयो ।

यसरी नमूना खेतीका रुपमा सो क्षेत्रमा गरिने खेतीपातीका लागि आवश्यकपर्ने हरेक किसिमको सहयोग गर्नका लागि नगरपालिका तयार रहेको वडाध्यक्ष दर्लामीले जनाउनुभएको छ । वडाध्यक्ष दर्लामीले नगरपालिकाको कार्यालय यस्ता जग्गा खोजबिन गरेर नगरका सुकुम्बासीलाई खेतीपातीलाई उपलब्ध गराउनका लागि आवश्यक प्रक्रियामा रहेको जानकारी दिनुभयो ।

सामूहिक खेती एवं आधुनिक खेतीका रुपमा परिचित रहेको प्राङ्गारिकखेतीतर्फ किसानलाई आकर्षित गर्नका लागि नगरपालिकाले आकर्षक प्याकेज ल्याउने तयारी गरेको नगरप्रमुख शिवनाथ महतोले बताउनुभयो । उहाँले किसानको हकहितलाई ध्यानमा राखेर यस वर्षका लागि बजेट ल्याइएकाले चालु बजेटमा कृषि क्षेत्रले पहिलो प्राथमिकता पाएको जानकारी दिनुभयो । किसानका लागि मलखाद्यको सुलभ व्यवस्था, सिँचाइ, बीउबिजन लगायतका सवालमा नगरपालिकाले सुधारोन्मुख तरिकाले कदम उठाइने नगरप्रमुख महतोले बताउनुभयो ।


सम्बन्धित समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

राष्ट्रिय मुस्लिम आयोगद्वारा मुस्लिम समुदायको थर सुचिकृत

सर्लाही घटनामा मुस्लिम आयोगको चासो

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

सर्लाहीको मलंगवामा कर्फ्यू हट्यो, चार दिनका लागि निषेधाज्ञा जारी

सर्लाहीको मलंगवामा कर्फ्यू हट्यो, चार दिनका लागि निषेधाज्ञा जारी

ताजा समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी

एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध