कांग्रेस बाँके सभापतिमाथि आक्रमण गर्ने नेकपाका तीन कार्यकर्ता पक्राउ


बाँके, २७ भदौ । बाँके खजुरा गाउँपालिका २ सीतापुरमा बिहीबार भएको दोस्रो चरणको जागरण अभियानका क्रममा कांग्रेस जिल्ला सभापति किरण कोइरालालाई आक्रमण गरी घाइते बनाएको घटनामा प्रहरीले तीन जना नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई पक्राउ गरेको छ ।

पीडितको जाहेरी परेपछि नेकपा स्थानीय नेता लोकबहादुर शाही, निर्मल खत्री र रोशनसिंह ठकुरीले प्रहरीले बिहीबार राति पक्राउ गरेको हो । बिहीबार दिउँसो रेडक्रसको हलमा कार्यक्रम भइराखेको बेला कार्यक्रम गर्न नदिने भन्दै नेकपा कार्यकर्ताले आक्रमण गर्दा कोइरालाको हात भाँचिएको थियो ।

कोइरालाले नाम किटान गरी प्रहरीलाई बताएपछि अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । संलग्नता पुष्टि हुने आधार देखिए कानुनअनुसार उनीहरूलाई कारबाही गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६ भाद्र २७, शुक्रबार १४:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ