Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

जानकी मन्दिरको सूचीकरणका लागि सीमाङ्कनको थालनी

टुडे खोज लेखक टुडे खोज
भदौ ३०, २०७६, १:४० PM
0
janaki-temple-province-2-pradesh-2

Janaki-temple

जनकपुरधाम, ३० भदौं । विश्व सम्पदाको सम्भाव्य सूचीमा रहेको जानकी मन्दिरलाई सूचीकृत गराउने सन्दर्भमा आगामी छ महीनाभित्र क्षेत्र सीमाङ्कन गर्ने प्रक्रियाको थालनी गरिने भएको छ । पुरातत्व विभागद्वारा आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा उक्त जानकारी दिइएको हो ।

सोअन्तर्गत विभागको पहलमा गङ्गासागर, धनुषसागर, राममन्दिर र जानकी मन्दिरसम्मको क्षेत्रलाई आधारमानी सीमाङ्कन गरिने जनाइएको छ । सीमाङ्कन गर्दा सो क्षेत्रमा भवनको मापदण्डबारे सरोकारवालासँग छलफल गरी सीमाङ्कनको प्रक्रिया अगाडि बढाइने योजना छ । सीमाङ्कनको प्रक्रिया पूरा भएपछि सीमाङ्कन भइसकेको क्षेत्रलाई संरक्षित प्राचीन स्मारक क्षेत्र घोषणा गरी सूचीकृत हुने अन्य मापदण्डको कार्यलाई गति प्रदान गरिने छ ।

युनेस्कोद्वारा सन् २००८ मा जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा राखिए पनि स्थानीयस्तरमा सूचीकृतका मापदण्डप्रति अग्रसरताको अभावले गति लिननसकेको बताइएको छ । प्रदेश नं–२ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले जानकी मन्दिरलाई विश्वसम्पदामा सूचीकृत गराउने प्रक्रिया र पहलमा सरकार क्रियाशील रहने बताउनुभयो । भुलवस् जानकी मन्दिरको परिसर केही पूर्वाधार निर्माणको कार्यको थालनी गरिएको बताउँदै मन्त्रालयले विश्वसम्पदा सूचीमा सूचीकृत हुने प्रक्रियामा बाधा पु¥याउने कुनै पनि कार्य नगर्नेसमेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रीता झाले जानकी मन्दिरलाई विश्व सम्पदासूचीमा सूचीकृत गराउने सन्दर्भमा मापदण्ड पूरा गराउन उपमहानगरपालिका तयार रहेको बताउनुभयो । मन्त्रालयका सचिव भरतमणि सुवेदीले विश्वसम्पदामा सूचीकृत हुने वातावरण कायम गर्नु आवश्यक भएको धारणा राख्नुभयो । पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले विश्वसम्पदा सूचीमा सूचीकृत गराउने सन्दर्भमा स्थानीय सरकारले कानूनी आधारको आवश्यक प्रक्रिया पूरा गराउन पहल गर्नु जरूरी रहेको बताउनुभयो ।

पुरातत्वविद् भीमप्रसाद नेपालले जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रियाअन्तर्गत सीमाङ्कनपछि व्यवस्थापकीय योजना निर्माण गर्नुपर्ने जानकारी गराउनुभयो । विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवर र अभियन्ता गोपाल झाले पुरातात्विक सम्पदाको संरक्षणमा ध्यान केन्द्रित गर्नुपर्ने खाँचौं औल्याउनुभयो ।-रासस

सम्बन्धित समाचार

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

२०८० सालमा कति दिन बिदा ? यी पर्व र दिवसमा पनि खुला हुनेछन् सरकारी सेवाहरु

२०८० सालमा कति दिन बिदा ? यी पर्व र दिवसमा पनि खुला हुनेछन् सरकारी सेवाहरु

आलोचना भएपछि शीतलनिवासले सच्यायो राष्ट्रपतिको फोटो

आलोचना भएपछि शीतलनिवासले सच्यायो राष्ट्रपतिको फोटो

विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण

विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण

नवराजपुरमा ‘किसानसंग कृषि पशु प्राविधिक’ कार्यक्रम संचालन, गापा अध्यक्ष शिवाले गरे शुभारम्भ

नवराजपुरमा ‘किसानसंग कृषि पशु प्राविधिक’ कार्यक्रम संचालन, गापा अध्यक्ष शिवाले गरे शुभारम्भ

ताजा समाचार

धनुषामा शिक्षकबाटै ११ वर्षीया छात्रा बलात्कृत, प्रहरी घटना ढाकछोप गर्दै !

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै, सरकारबारे निर्णय लिने !

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै, सरकारबारे निर्णय लिने !

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा गठबन्धनको प्यानलै विजयी

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा गठबन्धनको प्यानलै विजयी

मधेशका सबै वडामा अर्गानिक मलखादको साना उद्योग खोल्ने जर्मनी कम्पनीको प्रस्ताव

मधेशका सबै वडामा अर्गानिक मलखादको साना उद्योग खोल्ने जर्मनी कम्पनीको प्रस्ताव

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध