Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
सशस्त्र प्रहरीद्वारा सिराहामा ८० लाख बराबरको भन्सार छलीको कपडा बरामद | कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

अन्तिम पटक कहिले यौन सम्पर्क गर्नुभयो ? फेसबुकले यसरी थाहा पाउँछ !

टुडे खोज लेखक टुडे खोज
भदौ ३०, २०७६, ५:२६ PM
0
यौन सम्पर्क

एजेन्सी, ३० भदौं । तपाइँले अन्तिम पटक कहिले यौन सम्पर्क गर्नुभयो रु यो कुरा फेसबुकलाई थाहा हुन्छ । यतिमात्र होइन महिलाहरुको महिनावारी चक्र तथा उनीहरुले प्रयोग गरेका गर्भनिरोधक साधनहरुको बारेमा पनि फेसबुकले थाहा पाउँछ ।

प्राइभेसी इन्टरनेसनलको एक रिपोर्ट अनुसार महिलाहरुले प्रयोग गर्ने पिरियड ट्रयाकर एपले उनीहरुको स्वास्थ्यसम्बन्धी विभिन्न नितान्त व्यक्तिगत जानकारीहरु राख्दछ र त्यसलाई तेश्रो पक्षलाई समेत प्रदान गर्दछ । त्यस्ता तेश्रो पक्ष अर्थात् थर्ड पार्टी सर्भिसहरुमा विश्वको सबैभन्दा लोकप्रिय सोसल नेटवर्किङ्ग साइट फेसबुक समेत रहेको छ ।

५० लाख पटक डाउनलोड

बजफिडको एक रिपोर्ट अनुसार प्राइभेसी इन्टरनेसनलले हालै एउटा अनुसन्धान गरेको थियो । उक्त अनुसन्धानमा पाइए अनुसार महिलाहरुको महिनावारीलाई ट्रयाक गर्ने दुईवटा सबैभन्दा लोकप्रिइ एप ःबथब र ःष्ब ले फेसबुक सफ्टवेयर डेभलपमेन्ट किटको माध्यमबाट थर्ड पार्टी एप्स तथा वेबसाइटसँग आफ्नो प्रयोगकर्ताका यस्ता निजी जानकारीहरु शेयर गर्दछन् । रिपोर्ट अनुसार यसरी संवेदनशील जानकारी शेयर गर्ने माया एप गुगल प्ले स्टोरमा अहिलेसम्म ५० लाख पटक डाउनलोड भैसकेको छ भने मिया एप २० लाख पटक डाउनलोड भैसकेको छ ।

लक्षित विज्ञापन देखाउने खेल

अनुसन्धानकर्ताहरुका अनुसार यी एप बनाउनेले फेसबुकको सफ्टवेयर डेभलपमेन्ट किटका माध्यमबाट एप्सलाई केही खास फिचर्सले अपडेट गरी प्रयोगकर्ताका डाटाहरु संकलन गर्दछन् । फेसबुकलाई लक्षित विज्ञापन देखाउन सहयोग गर्नका लागि उनीहरुले त्यस्ता संकलित डाटाहरु फेसबुकलाई शेयर गर्दछन् । यतिमात्र होइन, प्रयोगकर्ताले यी एपमा हालेको आफ्नो व्यक्तिगत जानकारी तथा सबै विवरणहरु सफ्टवेयर डेभलपमेन्ट किटका माध्यमबाट सीधै फेसबुकलाई पठाउने गर्दछन् ।

प्रयोगकर्ताको मूड थाहा पाउने एप

बजफिडका अनुसार माया एपले कथित रुपमा प्रयोगकर्ताले उसको गोपनीयता नीति स्वीकार गर्नुअघि नै प्रयोगकर्ताको विवरण फेसबुकसँग शेयर गर्दछ । केही फिचर्सको सहायताले उक्त एपले प्रयोगकर्ताको मुडसमेत पहिचान गरी फेसबुकलाई जानकारी दिन्छ ता कि फेसबुकले प्रयोगकर्ताको मुडको हिसाबले विज्ञापन देखाउन सकोस् । यसले प्रयोगकर्तासम्म लक्षित विज्ञापन पर्‍याउन कम्पनीहरुलाई सजिलो हुन्छ । शोधकर्ताहरुका अनुसार यसबाट कम्पनीहरुलाई निकै फाइदा हुन्छ किनकि जो महिलाहरु गर्भवती छन् वा हुनेवाला छन् उनीहरुको शपिङ गर्ने तरिकामा निकै परिवर्तन आउने सम्भावना हुन्छ ।

रजश्वला तथा गर्भलाई ट्रयाकिङ्ग गर्ने एपका बारेमा खुलासा भएसँगै कैयन् महिलाहरुले यो एपको प्रयोग बन्द गरेका छन् । आफ्ना व्यक्तिगत स्वास्थ्य सम्बन्धी डाटाहरुलाई यी एपले आफ्ना रोजगारदाता तथा विमा कम्पनीहरुसँग पनि शेयर गर्नसक्ने उनीहरुको आशंका छ । विभिन्न उत्पादक कम्पनीहरुले विज्ञापनका लागि यस्ता डाटाको गलत फाइदा उठाउन सक्दछन् भने विमा कम्पनीहरुले प्रिमियम बढाउन सक्दछन्। यस्तो खतराबाट बच्नका लागि केही महिलाहरुले अनौठो उपाय अपनाइरहेका छन् । उनीहरुले यो एपको प्रयोग त गरिरहेका छन् तर त्यसमा आफ्नो गलत विवरण भरिरहेका छन् ।

फेसबुकले अनुसन्धान गर्ने

एपहरुमार्फत महिलाका गोप्य जानकारीहरु फेसबुकमा शेयर हुने खुलासा भएसँगै यो विषयलाई फेसबुकले गम्भीर रुपमा लिएको छ । उसले यसबारेमा प्राइभेसी इन्टरनेसनल सँग सम्पर्क गरेको बताएको छ । सफ्टवेयर डेभलपमेन्ट किटको माध्यमबाट डाटा शेयर गर्ने एप्सको पहिचान गर्ने प्रयास भैरहेको फेसबुकले जनाएको छ । फेसबुक प्रवक्ताले भनेका छन्, ‘हामीसँग यस्तो प्रणाली छ जसबाट हामीले यी डाटाको पहिचान गरी त्यसलाई डिलिट गर्न सक्दछौँ । आगामी दिनमा यस्तो घटना नहोस् भनेर यसका लागि हामीले आफ्नो सिस्टममा आवश्यक परिवर्तन पनि गरिरहेका छौँ ।’


सम्बन्धित समाचार

बैंकले फिर्ता लियो सनी देओलको घर लिलामीको सूचना

बैंकले फिर्ता लियो सनी देओलको घर लिलामीको सूचना

‘ओ माइ गड २’ को २० दृश्य काट्ने सेन्सर बोर्डको निर्णय

‘ओ माइ गड २’ को २० दृश्य काट्ने सेन्सर बोर्डको निर्णय

अभिनेता सारुक आफ्नै घरमा मृत भेटिए, कसरी मृत्यू भयो ?

अभिनेता सारुक आफ्नै घरमा मृत भेटिए, कसरी मृत्यू भयो ?

भिडियो बनाउँदै गर्दा टिकटक स्टारको मृत्यु

अब सरकारी कर्मचारीले टिकटक बनाउन नपाउने, बनाए कारबाही !

मेयर बालेनको एक्सनः आजदेखि काठमाडौंमा हिन्दी फिल्म प्रतिबन्ध

मेयर बालेनको एक्सनः आजदेखि काठमाडौंमा हिन्दी फिल्म प्रतिबन्ध

फिल्म ‘आदिपुरुष’ : जानकी मातालाई भारतकी छोरी भनिएको संवाद हटाउन निर्देशन

फिल्म ‘आदिपुरुष’ : जानकी मातालाई भारतकी छोरी भनिएको संवाद हटाउन निर्देशन

ताजा समाचार

सशस्त्र प्रहरीद्वारा सिराहामा ८० लाख बराबरको भन्सार छलीको कपडा बरामद

सशस्त्र प्रहरीद्वारा सिराहामा ८० लाख बराबरको भन्सार छलीको कपडा बरामद

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध